काठमाडौँ – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरूषलाई पनि नागरिकता दिइनु पर्ने बताएका छन्। देउवाले महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने भन्दै नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरूषलाई पनि नागरिकता दिइनु पर्ने बताएका हुन्।
बुधबार एक ट्वीट गर्दै देउवाले नेपालको संविधानले महिला र पुरुषबीच समानता सुनिश्चित गरेको बताएका छन्। छोरालाई भन्दा छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने हुँदा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरूषलाई पनि नागरिकता दिइनु पर्ने उनको भनाई छ।
“महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ। हाम्रो संविधानले महिला र पुरुषबीच समानता सुनिश्चित गरेको छ,’ देउवाले ट्वीट गर्दै भनेका छन्, “छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनुहुँदैन पनि।”
नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु नहुने उनको तर्क छ।
साथै उनले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधानलाई संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने नागरिकता विधेयक अघि बढाउन पनि सत्तारुढ दल नेकपालाई आग्रह गरेका छन्।
“नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन”,उनले भनेका छन्,”यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा-मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु।”
~~महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ ~~
हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि। 1/3
— Sher Bahadur Deuba (@SherBDeuba) June 24, 2020
नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन । 1/2
— Sher Bahadur Deuba (@SherBDeuba) June 24, 2020
यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा–मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु ।
जय नेपाल।3/3— Sher Bahadur Deuba (@SherBDeuba) June 24, 2020

