आगामी तीन दिन कस्तो रहला मौसम ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा आज भारी वर्षाको सम्भावना रहेको मौसमविद् सविना शाक्यले बताइन्। “बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।” ,उनले भनिन्।

प्रदेश १, २, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै जसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २, ५, वाग्मती , गण्डकी तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशका अधिकांश भूभागमा बदली रहेको छ।प्रदेश १,२,५,सुदुर पश्चिम प्रदेश तथा कर्णालि प्रदेशका केहि स्थानहरुमा बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ११ गते (बिहीबार)

दिउँसोः देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, २, 5, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।

असार १२ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १३ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, २, ५, बागमती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रकाशित : बिहिबार, असार ११, २०७७०८:१४

काठमाडौँको टोखामा श्रीमानले गरे श्रीमतीको हत्या !