आज ४ सय ३४ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – बिहिबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४ सय ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। २४ घण्टामा ४८ महिला र ३८६ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए। यससँगै १ हजार १ सय ४२ महिला र १० हजार २० पुरुष गरी नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका ३ सय १२ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। बिहिबार डिस्चार्ज हुनेहरुमा १९ जना महिला र २९३ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ६ सय ५० पुगेको छ। अहिले सम्म २ हजार ४ सय ३४ जना पुरुष र २ सय १६ जना महिला कोरोना जितेर फर्किसकेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार ५ सय ४३ पिसिआर परीक्षण र ४ हजार १ सय ६७ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा ७४ हजार २२ र आइसोलेसनमा ८ हजार ४ सय ८६ जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : बिहिबार, असार ११, २०७७१०:४४

काठमाडौँ उपत्यकाका फेरी थपिए ९ जना कोरोना संक्रमित !