“राेटी-बेटीकाे सम्बन्धका बहानामा नेपाललाई भारतको प्रान्त बनाउनु पर्छ भन्नेहरु सल्बलाए”

काठमाडौँ – स्वतन्त्र वामपन्थी विश्लेषक भरत दाहालले चीन र नेपाल बीच समाधान भइसकेको सीमा समस्यालाई अनावश्यक रुपमा उछालिएको बताएका छन्।

चीनले नेपालका विभिन्न क्षेत्रमा अतिक्रमण गरेको समाचार आएपछि सामाजिक संजाल मार्फत उनले समाधान भइसकेको विषयलाई अनावश्यक रुपमा उछालिएको बताएका हुन्। हुँदै नभएको सीमा विवादलाई चीनले अतिक्रमण गरेको भनेर प्रचार गर्ने सिआइए र रअका सुराकी रहेको उनको आरोप छ।

“नेपाललाई अमेरीकाको सैन्य किल्ला बनाउन नसकेर मानसिक असन्तुलनमा पुगेका एमसीसी का भरीयाहरु र लिम्पियाधुरा-कालापानी नक्शा पारित भएपछि नेपालमा ईण्डियन प्रभूत्वको स्ख-लनबाट होश उडेका सुराकीहरुले नेपालीहरुको राष्ट्रियताको लडाईंलाई विषयान्तर गर्न चीनलाई हस्तक्षेपकारी शक्तिका रुपमा प्रस्तुत गर्न खोजेका छन्।”,उनले फेसबुकमा लेखेका छन्।

प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरूले चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन भन्दै संघीय संसद प्रतिनिधिसभामा दर्ता गराएको संकल्प प्रस्तावलाई पनि उनले सिआइए र रअको योजना भनेका छन्।

“भारतले ६४ हजार हेक्टर जमिन कब्जा गरेको कुरा उच्चारण गर्न नसक्ने बिमलेन्द्र निधि जस्ता रअका सुराकीहरु एमसीसी ल्याएर चीनलाई हान्ने योजनामा छन्”,फेसबुकमा उनले लेखेका छन्।

फेसबुकमा उनी थप लेख्छन्,” एमसीसीले नेपाललाई स्वर्ग बनाउँछ भन्ने दलालहरु, रअको लागि लुकिलुकि लैनचौरमा जानेहरु र कथित राेटी-बेटीकाे सम्बन्धका बहानामा नेपाललाई भारतको प्रान्त बनाउनु पर्छ भन्ने एजेन्टहरू छन्। आजभन्दा ६० बर्ष अगाडि सगरमाथा सहितका डेढ दर्जन स्थानहरूमा सहमति भएर टुंगिएका विषयहरुलाई चिनियाँ अतिक्रमणका रुपमा प्रचार गर्नेहरुले के खोजेका हुन् भन्ने कुरा स्पष्ट छ।”

परराष्ट्रले भन्यो – ‘चीनसँग सीमा विवाद छैन, प्रमाणीकरण नगरी समाचार बनाउने काम नगर्नु”

प्रकाशित : बिहिबार, असार ११, २०७७१३:२६

मनसुनको सुरुवातमै गल्यो जमिन, उर्लँदैछन् नदी: मौसमविद्ले दिए यस्तो कडा चेतवानी !