भारतमा कोरोना तिब्र बढ्दै, बन्यो नयाँ रेकर्ड !

काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमितको संख्या लगातार उकालो लागिरहेको छ। बितेको २४ घण्टामा हाल सम्मकै बढी कोरोना भाइरस संक्रमित फेला परेका छन्।

त्यहाँ बितेको २४ घण्टामा अहिले सम्मकै बढी १८ हजार १ सय ८५ जना संक्रमित फेला परेका छन्। यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ।

केहि दिन देखि भारतमा कोरोना संक्रमितको स्नाख्य लगातार उकालो लागिरहेको छ। त्यहाँ अहिले दैनिक १५ हजार भन्दा बढी कोरोना संक्रमित फेला परिरहेका छन्। दैनिक कोरोना संक्रमित संख्यामा भारत अहिले तेस्रो स्थानमा छ।

यस्तै भारतमा मृत्यु पनि बढेको छ। बितेको २४ घण्टामा त्यहाँ ४ सय १ जनाको ज्यान गएको छ। जससँगै त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ।

भारतमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या पनि उच्च छ। त्यहाँ अहिले सम्म सक्रिय संक्रमित भन्दा बढी निको हुनेको संख्या बढी छ। अहिले त्यहाँ १ लाख ९० हजार १ सय ९१ सक्रिय संक्रमित छन्। जबकी त्यहाँ २ लाख ८५ हजार ६ सय ७१ निको भइसकेका छन्। संक्रमित मध्ये ८ हजार ९ सय ४४ जना संक्रमितको अवस्था गम्भीर छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७०४:३०

‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते