काठमाडौंमा थप ३ जनामा कोरोनाको पुष्टि !

काठमाडौँ – शुक्रबार काठमाडौँ उपत्यकामा थप तीन जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँ जिल्लाका ३ जनामा कोरोनाको पुष्टि भएको जानकरी दिए। उनका अनुसार कोरोना पुष्टि हुने तीनै जना पुरुष रहेका छन्।

यस्तै शुक्रबार देशका विभिन्न जिल्लाहरुमा ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार कोरोनाको पुष्टि भएकाहरुमा १ सय ७ महिला महिला र ४ सय ८६ पुरुष रहेका छन्। यससँगै १ हजार २ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुष गरी नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

बितेको २४ घण्टामा नेपालका ४८ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। शुक्रबार डिस्चार्ज हुनेहरुमा ८ जना महिला र ४० जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ।

हाल सम्म नेपालमा २ लाख ६ हजार २ सय ७१ पिसिआर परीक्षण र २ लाख ९० हजार ३ सय ४९ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार ५ सय २४ पिसिआर परीक्षण र २ हजार ४ सय ८६ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा ७१ हजार १२ र आइसोलेसनमा ९ हजार ३० जना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१०:५६

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो