नङ पहेलो भएर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी सामान्य उपाय, एकाएक आउनेछ चमक !

केटा होस् वा केटि सबै आफ्नो नङ सफा र सुन्दर राख्न रुचाउँछन् , प्रत्यक व्यक्ति चाहन्छकि उसको नङ  बलियो र चम्किलो होस्। खासगरी महिलाहरु चाहन्छन् कि उनीहरुको नङ लामो, सफा, सेतो र चम्किलो होस्। चमकदार सेतो नङ एक महिलाको सुन्दरताको पहिचान पनि मानिन्छ । एक महिला सधै आफ्नो नङ नेल पालिस लगाएर आफ्नो हात सुन्दर राख्छिन्।

तर कहिलेकहीं सस्तो नेल पालिस लगाउँनाले नङ पहेंलो हुनसक्छ । यसै कारण कतिपय महिलाहरु सर्मनाक महशूस गर्छन्। नङ पहेंलो धेरै कारणले हुनसक्छ। प्राय जसो राम्रोसँग नङ सफा नगर्नाले पहेंलो हुन सक्छ भने कहिलेकाहीं पोषक तत्वको कमीले गर्दा हुन्छ।

यस्तै, सस्तो नेल पालिसको प्रयोगले पनि नङ पहेंलो हुने गर्छ। के तपाईंको नङ पनि पहेंलो भएको छ र नेल पालिस लगाएर लुकाइराख्नु भएको छ? यदि यसो हो भने अब त्यसको कुनै जरुरत छैन । यी उपायहरुले  तपाईंको पहेंलो नङ सेतो र चम्किलो बनाउँछन्।

कागती

कागतीमा भिटामिन सी पाइन्छ जसले नङलाई चमकदार राख्न  मद्दत गर्छ। कागतीलाई प्राकृतिक ब्लीचिंग पनि मानिन्छ,त्यसैले कगतीको प्रयोगले नङ सेतो र चम्किलो हुन्छ। पहेंलो नङहरू हटाउन, तातो पानीमा कागतीको बोक्रा राख्नुहोस् र कागतीको रस मिलाउनुहोस् र तपाईंको हात  मिश्रणमा १० देखि २० मिनेटसम्म भिजाउनुहोस्। त्यस पछि दुबै  हातका नङ एक आपसमा केहिबेर रगड्नुहोस्।

टूथपेस्ट

टूथपेस्टले दातका साथै नङ सफा राख्न पनि मद्दत गर्छ। टूथपेस्टमा किलजिंग तत्व पाईन्छ जसले गर्दा नङको पहेंलो रंग सजिलै हटाउन सकिन्छ। पहिला आफ्नो हातको नङमा टूथपेस्ट लगाउनुहोस् र केहि समय पछि दुबै  हातको नङहरु एक आपसमा रगड्नु होस् र केहि समय पछि पानीले हात धुनुहोस् । यसो गर्नाले तपाईंको नङ चमकदार हुन्छन्।

बेकिंग सोडा

एक चम्चा बेकिंग सोडा लिनुहोस्, यसमा केही मात्रामा कागतीको रस राख्नुहोस् र यसलाई पाँच मिनेटसम्म नङमा लगाउनुहोस् , त्यसपछि त्यसपछि दुबै हातको औंलाहरू एक आपसमा रगड्नुहोस् । त्यसपछि सफा पानीले हात धुनुहोस्, एक हप्तापछि तपाईंको नङ  सफा र सेतो हुनेछ।

पौष्टिक आहार

कुनै पनि समस्याको कारण खानपान हुन सक्छ। कतिपय समय पोषक तत्वको कमिले पनि नङ पहेंलो हुने समस्या आउन सक्छ, त्यसैले तपाईंले आफ्नो खानपिनमा ध्यान दिन जरूरी छ। बदाम, पालक,राजमा जस्ता पौष्टिक आहार खानाले तपाईंले  पहेंलो नङबाट छुटकारा पाउन सक्नुहुन्छ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१४:५८

कपालमा तेल लगाएपछि झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती, निम्तिन सक्छन् गम्भीर समस्या !