काठमाडौँ – नेपालको लिपुलेकमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरु चेतवानी दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। लिपुलेक क्षेत्रमा रहेका भारतीय क्याम्पहरू हटाउन चिनियाँ सैनिकहरुले दबाव दिएको भारतीय पत्रिका अमर उजालाले जनाएको हो।

उसका अनुसार लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन भारतीय सुरक्षाकर्मीहरुलाई चिनियाँ सैनिकहरुले दबाव दिरहेका छन्। लिपुलेकमा रहेको क्याम्प छाडेर जाने चिनियाँ पक्षले लगातार चेतावनी दिरहेको उसको दावी छ।

अमर उजालाले समाचारमा उल्लेख गरे अनुसार चिनियाँ सैनिकहरु केही दिनयता लिपुलेकमा क्षेत्रमा आएर चिनियाँ झण्डा फहराइरहेका छन्। उनीहरुले लिपुलेक सीमा क्षेत्रको २ सय मिटर वर भारतले बनाएको क्याम्प र मानसरोवर जाने यात्रीका लागि बनाइएका विश्राम क्याम्प हटाउन लगातार चेतावनी दिरहेको समाचारमा उल्लेख गरिएको छ।

चिनियाँ चेतावनी पश्चात त्यस क्षेत्रमा भारतले भारतीय सुरक्षा बललाई उच्च सतर्कतामा राखिएको छ। चिनियाँ चेतावनी पश्चात केन्द्र सरकारले आईपीबीपी र भारतीय सेनाको नाभीढ़ाग देखि लेपुलेकसम्म चौबीसै घण्टा कडा सुरक्षासहित गस्ती गर्न निर्देशन जारी गरेको बताइएको छ।
धारचूला देखि कालापानी सम्म पनि ठाउँ-ठाउँमा एसएसबी तैनाथ गरिएको र नेपालसंगको सम्पूर्ण सीमा सील गरिएको अमर उजालाले समाचारमा उल्लेख गरेको छ।

