चितवन – भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृ-त्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृ-त्यु भएको बताए। उनका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए ।
पछिल्लो समयमा उनको स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परीक्षण गरिएको थियो ।
भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई कोरोना सङ्क्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएको थियो ।