तपाईलाई स-साना कुरामा पनि रिस उठ्छ? अपनाउनुहोस् वास्तुसम्बन्धी यी टिप्सहरु!

सानासाना कुरामा  उठ्नु भनेको मानिसको सबैभन्दा ठुलो कमजोरी हो । जब हामीलाई सहन नसक्ने रिस उठेको हुन्छ त्यतिबेला हामी महत्वपूर्ण कुरा गुमाउन पुग्छौं।  जसका कारण पछि पछुताउन बाहेक अरु केहि गर्न सकिदैन। जसले गर्दा आफु मात्र होइन पुरा परिवार नै तनावमा गुज्रिन बाध्य हुन्छन। तर यसका लागि वास्तुशास्त्रमा केहि यस्ता उपायको बारेमा बताईएको छ जसको उपयोग गरी तपाई आफ्नो रिसलाई काबुमा राख्न सक्नुहुने छ।

-वास्तुशास्त्रमा बताईएको अनुसार यदि तपाईलाई अत्याधिक रिस उठ्छ भने घरमा रातो रंगको प्रयोग सकेसम्म कम गर्नु पर्छ। रातो रंगले रिस बढाउने काम गर्छ।  जस्तै बेडसिट , पर्दा आदि रातो रंगको प्रयोग नगर्दा नै राम्रो हुनेछ।

-कुनै बेला घर फोहोर भएको कारण  पनि अत्याधिक रिस उठ्ने गर्छ त्यसैले गर्दा घरको सर सफाईमा ध्यान दिनु अति नै आवश्यक छ।

-वास्तुका अनुसार यदि घरका कुनै सदस्यलाई बढी रिस उठ्छ भने हरेक दिन पुर्व दिशा पट्टि फर्काएर बत्ति बाल्नु पर्छ। जसले गर्दा रिसबाट  छुटकारा पाउन सकिन्छ।

-रिसबाट मुक्ति पाउनका लागि प्रत्येक दिन सूर्यलाई जल चडाउनु पर्छ। हरेक दिन सुर्यदेवलाई जल चडाउनाले रिसका साथ साथै सम्पूर्ण समस्याबाट मुक्ति पाउन सकिन्छ।

प्रकाशित : शनिबार, असार १३, २०७७१६:४४

हरेक पाइलामा झुट बोल्छन् यी राशि भएका व्यक्तिहरु!