काठमाडौँ – आइतबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४ सय ६३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। २४ घण्टामा १ सय ५ महिला महिला र ३ सय ५८ पुरुषमा कोरोनाको पुष्टि भएको उनले बताए। यससँगै १ हजार ४ सय ७४ महिला र ११ हजार २ सय ९८ पुरुष गरी नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा नेपालका १८९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। आइतबार डिस्चार्ज हुनेहरुमा १३ जना महिला र १६६ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १३ पुगेको छ। अहिले सम्म २ सय ५५ महिला र २ हजार ७ सय ५८ जना पुरुष रहेका छन्।
क्वारेन्टाइनमा ६१ हजार ७ सय ३१ र आइसोलेसनमा ९ हजार ७ सय ३१ जना रहेको पनि उनले जानकारी दिए।

