उल्टो चालमा बृहस्पति: धनु राशिमा फिर्ति हुँदा यी राशिलाई लाभ !

ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्रहलाई शुभ ग्रह मान्ने गरिन्छ। यो वृद्धि, ज्ञान, प्रचुरता र उदार भावको कारक ग्रह समेत हो। ज्योतिष शास्त्रका अनुसार बृहस्पति ग्रहले धनु र मिन राशीमा अधिपत्य जमाउने गर्दछ। जसको प्रभाव ब्यक्तिको वैवाहिक जीवनमा समेत पर्ने र धन सम्पतिमा वृद्धि समेत हुन्छ।

यहि बृहस्पतिले मंगलबार बिहान ५ हजेर ४० मिनेट आसपासको समयमा राशि परिवर्तन गर्नेछ। त्यस समय पश्चात बृहस्पति मकर राशिबाट धनु राशिमा फिर्ता हुनेछ। अहिले बृहस्पति वक्री अवस्थामा छ।

बृहस्पति वक्री भएर धनु राशिमा फिर्ता हुँदा हरेक राशिलाई फरक-फरक असर पर्नेछ। बृहस्पतिले राशि परिवर्तन गरेपश्चात शनि र बृहस्पतिको युति समाप्त हुनेछ। यधपी धनुमा केतु र बृहस्पतिको युती बन्नेछ। बृहस्पतिको राशि परिवर्तनले कुन राशिलाई कस्तो असर गर्ला ? हेर्नुहोस् !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

राशिको भाग्य भावमा बृहस्पतिको आगमनले मेष राशि हुनेहरुको जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। आर्थिक रुपमा रहेका समयस देखि छुटकारा मिल्नेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ भने प्रतियोगिताहरुमा सहजै सफलता मिल्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अष्टमभावमा रहने बृहस्पतिले वृष राशि हुनेहरुको पद-प्रतिष्ठा बढाउनेछ। समाजिक रुपमा थपिएका दायित्व पूरा गर्दै सम्मानित हुने मौका मिल्नेछ। कुनै महँगो सामान खरीद हुने पनि देखिन्छ। यधपी अत्याधिक खर्च देखि भने टाढा रहनुपर्नेछ। खर्चमा नियन्त्रण नहुँदा आर्थिक समस्याले सताउन सक्छ। दुर्घटना नहोस् भन्नक लागि सावधान रहनु होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

बृहस्पतिको अनुकूलताले वैवाहिक जीवनमा मधुरता छाउनेछ। पारिवारिक वातावरण पनि उल्लासमय रहनेछ। पहिला गरिएका लगानीबाट लाभ उठाउन सफाल भइएला। व्यवसाय विस्तार गर्नको लागि समय उचित हुन सक्छ। सुखद यात्राले आर्थिक लाभ पनि दिलाउन सक्ला। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा दिलाउन पनि बृहस्पतिको भूमिका रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

बृहस्पतिको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि खासै दुखद रहने देखिँदैन। आकस्मिक समस्याले दौडधुप गराउनेछ। परिश्रम अनुसारको फल नमिल्दा जाँगर गराएर जानेछ। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादन हुन समय लाग्नेछ। व्यवहार तथा बोलिमा नियन्त्रण नहुँदा आलोचनाको पात्र भइएला। स्वास्थ्यमा अपनी समस्या देखिन सक्ला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

बृहस्पतिको राशि परिवर्तन सिंह राशि हुनेहरुका लागि धेरै नै लाभप्रद रहनेछ। जीवनमा हुने सकारात्मक परिवर्तनहरुले उत्साह जगाउनेछ। परिवारबाट हरेक कार्यमा सहयोग मिल्द उर्जा प्राप्त हुनेछ। नयाँ क्षेत्रमा लगानी गर्नको लागि पनि समय उचित रहन सक्ला। कलाकार तथा खेलाडीहरुको लागि पनि समय धेरै नै उत्साहप्रद रहने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

राशिको चौंथो स्थानमा रहने बृहस्पतिले परिवारमा समस्या पैदा गर्नेछ। साना-साना कुराले पनि परिवारमा कलह पैदा गर्न सक्छ। परिवारमा स्वास्थ्यको समस्या रहँदा आर्थिक रुपमा समस्या आइपर्न सक्छ। यधपी व्यवसायमा पनि समय मध्यम नै रहला। व्यवसायमा सोचे अनुरुप लाभ मिल्द मानसिक रुपमा केहि राहत मिल्नेछ। खान-पानमा ध्यान दिनु होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृहस्पतिको राशि परिवर्तन सँगै तुला राशि हुनेहरुको शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। अग्रजहरुको साथ मिल्द नसोचेको कार्य सफल हुनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। वैदेशिक यात्राको योजना पनि सफल हुन पनि सक्ला। यधपी परिवारको स्वास्थ्यलाई लिएर भने चिन्ता रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

बृहस्पतिको राशि परिवर्तन सँगै आर्थिक पक्ष बलियो हुनेछ भने व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने अवसर पनि मिल्न सक्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरू आफैं किनारा लाग्नेछन्। प्रेम जीवनमा पनि सकारात्मक परिवर्तन हुने देखिन्छ। सामाजिक रुपमा मान-सम्मान पनि बृहस्पतिको राशि परिवर्तनले दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बृहस्पतिको यहि राशिमा फिर्ति हुने हुँदा धनु राशि हुनेहरुको जीवनमा ठूला-ठूला परिवर्तन हुनेछन्। धेरै समय देखि रहेका योजना सफल हुनेछन् भने सम्पूर्ण सपना साकार हुनेछन्। भविष्यमा राम्रो लाभ दिलाउने कार्यको सुरुवात गरिनेछ भने परिवार तथा आफन्तजनबाट आवश्यक हरेक सहयोग मिल्नेछ। अध्ययन तथा प्रतिष्पर्धामा पनि बृहस्पतिको सुभ प्रभाव रहन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

बृहस्पतिको राशि परिवर्तन मकर राशि हुनेहरुका लागि खासै सुखद रहने देखिँदैन। स्वास्थ्य कमजोर रहनाले कुनै पनि कार्यमा ध्यान केन्द्रित रहने छैन। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिँदा काम दोहोर्याउनुपर्नेछ। हतारको निर्णयले अप्ठ्यारो पार्न सक्ला। बेसुरमा दिइएको वचनले समस्या पैदा गर्न सक्ने हुँदा सजग रहनु होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

बृहस्पतिको राशि परिवर्तनसँगै जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेत गर्दा लामो समय देखि सफल हुन नसकेका कार्य सफल हुनेछन्। यधपी परिवारका अग्रजहरुसंगको सम्बन्ध भने बिग्रिन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

बृहस्पतिको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि शुभ रहनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। शत्रु सहजै पराजित हुनेछन्।

प्रकाशित : सोमबार, असार १५, २०७७०४:५१

धर्मग्रन्थ अनुसार यस्ता युवती ज्यादै लक्षणका मानिन्छन् !