जन्म तारीकअनुसार थाहा पाउनुहोस् कस्तो हुनेछ तपाईको जीवनसाथी…

साँचो प्रेम भाग्यमानिलाई मात्र मिल्छ भन्ने गरीन्छ, तर हरेक दिन भाग्यमा मात्र विश्वास गरेर तपाईले साँचो प्रेम पाउनुहुन्छ भन्ने पक्कै पनि होइन।  अङ्क शास्त्रअनुसार एक सच्चा प्रेमी र असल जीवनसाथि प्राप्त गर्न जान्नुहोस् कुन नम्बर तपाईका लागि भाग्यशाली साबित हुनेछ।

अङ्क १

अङ्क १ अर्थात तपाईको जन्म १, १०, १९  र २८ तारीकमा भएको हो भने २, १०, ७, १६, २५, ११, २०, वा  २९  तारीकमा जन्मिएका व्यक्तिहरूले तपाईको जीवनमा साँचो प्रेम लिएर आउनेछन्।  यी मानिसहरू तपाईको लागि भाग्यशाली हुन सक्छन्।

अङ्क २

तपाईको जन्म मितिको तारीक २ हो। जसमा  २, ११, २०, र २९ छ भने  २, ११, ७, १६, १, १०, ४, वा १३  तपाईको लागि साँचो प्रेमी साबित हुन सक्छ। साथै तपाई खुसी रहनु हुनेछ।

अङ्क ३

जसको जन्म मिति ३, १२, २१, र ३० छ उसको लागि ३, १२, १५, १८, ९, २७, २४ वा ९ तारीकमा जन्मिएका मानिस भाग्यशाली साबित हुन सक्छ।

अङ्क ४

यदि तपाइको जन्मको तारीक ४, १३, २२, ३१ हो भने १, २, ७, ८, ११, १६, १७, २६, वा २५ तारीकमा जन्म लिएका मानिसले तपाइको जीवनमा माया भर्नेछन्।  यी व्यक्तिहरू ४ अङ्कको मानिसको  लागि सबै भन्दा शुभ मानिन्छ।

अङ्क  ५

जसको जन्म तारीक ५ हो उनीहरूको जन्म ५, १४, वा २३ मा भएको हुन्छ। उनीहरूका लागि ५, १४, १५, १६, ११, २३, ६ वा २ नम्बरमा जन्मिएका व्यक्तिहरु धेरै भाग्यमानी मानिन्छ। साथै तिनीहरू एक राम्रो जीवनसाथि पनि बन्न सक्छन् ।

अङ्क ६

अङ्क ६ अर्थात जसको जन्म तारीक ६, १५, वा २४ हो। त्यसैले ६, १५, १२, ३, १८, ९  वा २७ मा कुनै पनि दिन जन्मिएका मानिसले यिनीहरूको लागि उत्कृष्ट जीवन साथि हुन्छन्।

अङ्क ७

यदि ७ अङ्कको कुरा गर्ने हो भने ७, १६, २५ मा कुनै पनि तारीकमा जन्म लिनेहरुका लागि १, २, ४, ७, १०, ११, १६ वा १३ तारीकमा जन्मिएका मानिस राम्रो मनिन्छ। यिनीहरुले तपाइको जीवनमा हरेक प्रकारका खुशी लिएर आउने छन्।

अङ्क ८

अङ्क ८ अर्थात जसको जन्मको तारीक ८, १७, वा २६ हो त्यस्ता  मान्छेहरुलाई २, ४, ८, ११, १३, १६, १७, वा २६ तारीकमा जन्मिएका मानिसहरु धेरै मन पर्छ। यस दिनहरुमा जन्मिएका मानिसहरुको लागि  अङ्क ८ धेरै लाक्की सावित हुन्छन्।

अङ्क ९

यदि तपाइको जन्म ९, १८, २७ मा भएको हो भने तपाईका लागि ३, ६, ९, १५, १२, २७ वा १८ तारीक राम्रो हुन्छ। यो ९ अङ्क भएका मानिसहरुका लागि सबैभन्दा साँचो प्रेमी सावित हुनेछ।

प्रकाशित : सोमबार, असार १५, २०७७१३:५२

जिब्रोको आकारबाटै थाहा हुन्छ व्यक्तिको स्वभाव, यस्ता जिब्रो हुने मानिस साह्रै असल !