चेक बाउन्सको अभियोगमा अभिनेत्रीलाई सुनाइयो ६ महिनाको जेल सजाय !

एजेन्सी , बलिउड अभिनेत्री कोयाना मित्रा माथि मुंबईको अंधेरी महानगरको सर्वोच्च अदालतले चेक बाउन्सको आरोपमा ६ महिनाको जेल सजाय सुनाएको छ।  पुनम सेठी नामक एक मोडलले उनीमाथि २२ लाख रुपिया ऋण सापटी लिएको र फिर्ता नदिएको आरोप लगाएकी हुन्।केश दर्ता भए पछि अभिनेत्रीमाथि अदालतले ब्याज सहित ४ करोड २४ लाख नगद  पिडित पुनलाई दिनका लागि आदेश दिएको छ साथै ६ महिनाको जेल सजाय समेत सुनाएको छ।

यस भन्दा अघि पनि सन् २०१३ मा पुनमले कोयानामाथि चेक बाउन्सको आरोपमा पुलिसमा केश दर्ता गराएकी थिइन् तर कोयानाले पुनमसंग २२ लाख पैसा ऋण दिने हैसियत नभएको भन्दै उल्टै पुनमले चेक चोरी गरेको भन्दै आफु पानी माथि ओभानो हुन खोजेकी थिइन्। जुन कुराको आधिकारिक प्रमाण नभेटेकोले गर्दा सो समय यस केश खारेज गरिएको थियो।

मोडलिंगबाट आफ्नो फिल्मी करियर सुरुवात गरेकी कोयानाले सन् २००१ मा ‘ग्लेडरेग्स मेघा मोडल इन्डिया ब्युटी’ को उपाधि जित्न सफल भएकी थिइन्। साथै जर्मनीमा आयोजित ‘मिस इन्टरकन्टिनेन्टलमा पनि उनि टप १२ सम्म पर्न सफल भएकी थिइन्। यस पछि उनि विभिन्न बिज्ञापनमा समेत देखिएकी थिइन्।  हिन्दि चलचित्रका साथै कोयानाले तामिल , बंगाली चलचित्रमा समेत काम गरिसकेकी छिन।

 

 

 

 

 

प्रकाशित : मङ्गलबार, साउन ०७, २०७६०६:४२

‘राजा साहेब’ मा रमित, बुधवारबाट थालिदै छायांकन !