काठमाडौँ – नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अन्तरिक कलह चुलिएका बेला नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन परेको हो। पार्टी दर्ताको लगी सन्ध्या अधिकारीले निवेदन दिएको बताइएको छ।
जनताको बहुदलीय जनवाद जबजका प्रवर्तक मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर गत असार १४ गते निर्वाचन आयोगमा नेकपा (एमाले) नामको पार्टी दर्ता भएको बताइएको छ।
नेकपा (एमाले) ले निर्वाचन आयोगमा दल दर्ता गर्दा दलको झण्डा हसिया-हतौडा अंकित नै राखेको छ भने चुनाव चिन्ह उदाउँदाे सूर्य राखिएको छ। दलको अध्यक्षमा सन्ध्या तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय रहेका छन् ।
नेकपा एमाले पार्टी दर्ताका लागि निवेदन परेको खबर बाहिरिएसँगै सत्तारुढ नेकपामा खैला-बैला मच्चिएको छ। यस बारेमा मंगलबार नेकपा बैठकमा छलफल समेत भएको छ।
नेकपा बैठक पश्चात पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा पार्टी दर्ताका लागि निवेदन परेको बारे छलफल भएको जानकारी दिए।
बैठकमा नेकपा अध्यक्ष प्रचण्डले नेकपा एमाले पार्टी दर्ताका लागि निर्वाचनमा आयोगमा निवेदन दिने काम पार्टी भित्रै बारे भएको हुन सक्ने शंका व्यक्त गरे। प्रचण्डले शंका व्यक्त गर्दै प्रश्न गरेपछि प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए।
मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सरकार ढाल्न भारतले प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको छ। स्थायी समिति सदस्यहरुले ओलीको उक्त अभिव्यक्ति बारे प्रश्न उठाएका छन्।
तत्कालीन नेकपा एमाले र माओवादीबीच एकता भएका नेकपा बनेपछि अहिले एमाले अस्तित्वमा छैन। नेकपा भित्र चरम विवाद चलिरहेका बेला नेकपा एकाले दर्ताका लागि निवेदन परेको विषयलाई महत्वका साथ हेरिएको छ।

