काठमाडौँ साउन ७ , बिगत लामो समयको अन्तराल पछि अन्तत अभिनेता रमित ढुंगानाले चलचित्र ‘बाबु साहेब’ मार्फत चलचित्र क्षेत्रमा कमब्याक गर्ने भएका छ्न। रमित संगै सोनिका केसी र आइशा राईको मुख्य अभिनय रहने चलचित्रको शुभ मुहुर्त गरिएको छ र यहि बुधवार देखि चलचित्र छायांकनका लागि फ्लोरमा उत्रिने बताईएको छ।
‘किराती फिल्मस्’ र ‘आकाश फिल्मस्’को संयुक्त व्यानरमा निर्माण हुन लागेको चलचित्रलाई बिचल किरातीले निर्देशन गर्दैछन। भने चलचित्रमा शंकर न्यैपाने, आकाश राई र आइशा राई कार्यकारी निर्मातामा रहेका छन् । चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहेको फिल्मका सिसम डागी सह–निर्माता हुन् ।
ओम सुनारको संगीत, रामजी लामिछानेको नृत्य र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रमा रमित ढुंगानासंगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ भने यसै चलचित्र मार्फत नवनायीकाका रुपमा सोनिका केसी र आइशा राईले चलचित्रमा डेब्यु गर्दै छन्।