भगवान शनि न्यायको देवता हुन्। राम्रो कर्म गरेमा शुभ फल प्राप्ति हुने गर्दछ भने नराम्रो काम गरेमा शनि भगवान दण्ड पनि दिने गर्दछन् । शनि देवको क्रूर नजरले जसलाई पनि बर्बाद गर्न सक्छ र यदि रामो दृष्टि पर्यो भने उनी जसलाई पनि राजा बनाउन सक्छन्। मनुष्यको केही यस्तो बानी हुन्छ जसले संकेत दिन्छ कि शनिको कृपा उनीहरुको जीवनमा छ या छैन भनेर। केही बानीहरु यस्ता रहेका छन्।

१ जो व्यक्ति कुकुरलाई दिनहुँ खाना खुवाउछ भगवान शनि सधैं उनीहरु माथी प्रसन्न रहने गर्दछन्। त्यसैले शनि देवको क्रोधबाट बच्नको लागी यो बानी अपनाउनुहोस्।

२ जो व्यक्ति शनिवार पीपलको रुखमा पूजा गर्दछन् शनि उनीहरु माथी सधै कृपा बनाई राख्छन्।
३ जो व्यक्ति भगवान शिव र बजरंग बलीको पूजा अर्चना गर्दछन् शनिदेव उनीहरुको रक्षक बनेर सधै रक्षा गर्दछन्।
४ जो व्यक्ति कालो छाताको दान गर्दछन्, शनिदेव त्यस व्यक्ति माथी सधै आफ्नो कृपा बनाई राख्ने गर्दछन्। शनिदेव उनीहरुलाई धन र यश प्राप्तिको आशीर्वाद दिने गर्दछन्।

५ वृद्ध असहायको सेवा गर्ने र उनीहरुको मान-सम्मान गर्ने व्यक्तिहरु माथी शनिदेव सधै आफ्नो राम्रो नजर राख्ने गर्दछन्।

