आजबाट ४ महीनाको लागि क्षीरसागरमा शयन गर्दै भगवान विष्णु, यसरी गर्नुहोस् पूजा !

काठमाडौँ : आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी अथवा देवशयनी एकादशी भनिन्छ । पुराणहरूका मतानुशार भगवान श्रीहरि विष्णु यस एकादशी देखि चार महिनासम्म(चातुर्मास) योगनिन्द्रामा जान्छन्, यसकारण चार महिनासम्म शुभ कार्य वर्जित हुन्छ। यसै समयबाट चातुर्मासको सुरुवात पनि हुन्छ। यस एकादशीबाट तपस्वीहरुका भ्रमण पनि बन्द हुन्छ। यी दिनहरुमा केवल ब्रजको यात्रा गरिन्छ। यस वर्ष हरिशयनी एकादशी  बुधबार १७ असारमा परेको छ।

के साँच्चिकै हरिशयनी एकादशीबाट भगवान सुत्छन् ?

• हरि र देवको अर्थ तेज तत्वसँग पनि सम्बन्धित छ।

• यस समयमा सूर्य, चन्द्रमा र प्रकृतिको तेज कम हुन्छ।

• यसै कारण देव शयन गएको भनिन्छ।

• तेज तत्व या शुभ शक्तिहरु कमजोर हुँदा गरिने कार्यहरुका परिणाम शुभ हुँदैनन्।

• यस बाहेक कार्यमा बाधा आउने सम्भावना पनि हुन्छ।

• त्यसैले यस समयबाट अर्को चार महिनासम्म शुभ कार्य गर्न मनाही छ।

हरिशयनी एकादशीमा के वरदान प्राप्त हुन् सक्छ ?

• सामूहिक पाप र समस्याहरु नष्ट हुन्छ।

• व्यक्तिको मन शुद्ध हुन्छ।

• दूर्घटनाका योगहरु टालिन सक्छ।

• यस एकादशी पछि शरीर र मन नवीन उर्जाले भरिन्छ।

हरिशयनी एकादशीमा पूजा(उपासना) कसरी गर्ने ?

• रात्रिको विशेष विधि विधानले भगवान विष्णुको पूजा गर्नुहोला।

• भगवान विष्णुलाई पहेलो वस्तु, विशेषगरी पहेलो वस्त्र अर्पित गर्नुहोला।

• त्यस पछि उनको मन्त्र जप गर्नुहोला, आरती उतार्नुहोला।

• आरती पछि निम्नलिखित मन्त्रले भगवान विष्णुको प्रार्थना गर्नुहोला :

– सुप्ते त्वयि जगन्नाथ जमत्सुप्तं भवेदिदम्.

विबुद्धे त्वयि बुद्धं च जगत्सर्व चराचरम्..

• प्रार्थना पछि भगवानसँग करुणा गर्नको लागि भन्नुहोला।

प्रकाशित : बुधबार, असार १७, २०७७०१:५४

यी हुन् दश शंख घरमा स्थापना गर्दा मिल्छ सुख र सम्वृद्धि !