काठमाडौँ – बुधबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय ८२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। गौतमका अनुसार बितेको २४ घण्टामा १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुषमा कोरोनाको पुष्टि भएको छ।
अहिले सम्म १ हजार ७ सय ७४ महिला र १२ हजार २सय ७२ पुरुष गरी जम्मा १४ हजार ४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

