क्रुरताको पराकाष्ठा: दुष्टहरुले बाँदरलाई झुन्ड्याए कुटी-कुटी मारे ! [भिडियो]

एजेन्सी – खानाको खोजिमा घर भित्र पसेर चोरी गर्ने बाँदरलाई के गर्न सकिएला ? तपाई भन्नु होला जनावर हो,लखेट्ने भन्दा के गर्न सकिन्छ र । तर, भारतका केहि दुष्टहरु बाँदरलाई लखेटेर मात्र पुग्ने कुरा मान्दैनन्। उनीहरु बाँदरलाई क्रुर सजाय दिने कुरामा विश्वास गर्छन्।

सामाजिक संजाल तथा मिडियाहरुमा यति बेला एक भिडियो देखा परेको छ। जसमा केहि दुष्टहरु एक बाँदरलाई झुन्ड्याएर सजाय दिरहेका देखिन्छन्।

सार्वजनिक उक्त भिडियोमा एक बाँदर देखिन्छ। उसलाई झुन्ड्याएको छ। त्यहाँ केहि मानिस र केहि कुकुर पनि देखिन्छन्। भिडियोमा उनीहरु झुन्ड्याएको बाँदरलाई कुट्दै पनि देखिन्छन्। यसरी एक जनावर माथि वर्वरता गरिनुको कारण सामान्य थियो। खासमा उसले खानाको खोजिमा केहि गाउँलेको घरहरुमा प्रवेश गरेको थियो।

रिपोर्टका अनुसार घटना भारत तेलंगाना खम्मम जिल्ला स्थित अम्मापलेम गाउँको हो। गाउँमा बाँदरले दुख दिएपछि बाँदरहरुलाई ‘सवक’ सिकाउन गाउँलेहरुले यस्तो सजाय दिएको बताइएको छ।

ट्वीटरमा सार्वजनिक भएको उक्त भिडियोमा टिप्पणी गर्दै धेरैले आक्रोश व्यक्त गरेका छन्। एक ट्वीटर प्रयोगकर्ता लेख्छन्,”कस्तो अमानवीय र लाजमर्दो काम। मानव होइन दानव हुन् यिनीहरु। प्रकृति माथि धावा बोल्ने अधिकार कसले दियो यिनलाई”

अर्का प्रयोगकर्ता लेख्छन्,”यसरी प्रकृतिको खिलाफ जाने हो भने प्रकृति पनि हाम्रो खिलाफमा हुन्छ।”

प्रकाशित : बुधबार, असार १७, २०७७१२:५९

नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायमै !