अभिनेत्री कंगना रनौतलाई बलिउड चलचित्र उद्योगकी क्विन मान्ने गरिन्छ। जुन कुराको साबित उनि स्वयमले आफुले चलचित्रमा निर्वाह गरेको भूमिका र चलचित्रले गर्दा प्रमाणित गरिसकेकी छिन। १४ बर्षे फिल्मी करियरमा कंगनाले चलचित्रमा फरक फरक भूमिका निर्वाह गरेकी छिन।
कंगनाले समय समयमा आफ्नो बाल्यकालको तस्बिर शेयर गर्दै आइरहेकी हुन्छिन जुन सामजिक संजालमा भाइरल समेत हुने गरेको छ।
सन् २००६ मा चलचित्र ‘गैंगस्टर’ मार्फत बलिउडमा प्रवेश गरेकी कंगनाले कर्ली कपालका कारण सबैको ध्यान तान्न सफल भएकी थिइन्। यस चलचित्रमा उनि सिम्रनको भूमिकामा देखिएकी थिइन्। पहिले र अहिलेमा कंगनामा धेरै परिवर्तन आएको छ।
कंगना रनौत सन् २०१० मा लिप्सको सर्जरी गराए पश्चात एकाएक परिवर्तन भएकी हुन्। सो समयमा उनको सर्जरीको मजाक उडाउनेको पनि कमि थिएन।
कंगनाले एक अन्तर्वार्ताका क्रममा आफुले शरीरको तौल घटाएको समेत बताएकी छिन।
कंगनाले सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र ‘आई वन्स ओपन टाईम’का लागि कपाल स्ट्रेट गरेकी थिइन्।
हियर स्टाइलका साथै कंगनले आफ्नो ड्रेसअपमा समेत केहि बदलाभाव ल्याएकी छिन जसका कारण उनि समय समयमा चर्चामा रहने गर्छिन।
यसका साथै उनि आफ्नो फिट्नेसमा पनि राम्रै ख्याल राख्छिन। मेडिटेसन , गर्नु योग गर्नु तथा विभिन्न एक्सरसाइज गर्नु कंगनाको दैनिकी नै हो।
कंगना अभिनित चलचित्र जजमेंटल हैं क्या यहि जुलाई १६ देखि प्रदर्शनमा आउने भएको छ। यस पश्चात उनि अभिनित धाकड़ पनि प्रदर्शनको तयारीमा रहेको छ। एक्सन चलचित्र धाकड़ मा कंगनालाई दमदार एक्सनको साथमा देख्न पाउने छौं।