एजेन्सी – विश्वभर एकै दिनमा करिब २ लाख कोरोना संक्रमित थपिएका छन्। बितेको २४ घण्टामा विश्वभर १ लाख ९६ हजार ९ सय १ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। यो संख्या अहिले सम्मकै बढी हो । बितेको २४ घण्टामा विश्वभर ४ हजार ८ सय ४७ जनाको ज्यान गएको छ।
बितेको २४ घण्टामा सबै भन्दा धेरै अमेरिकामा कोरोना संक्रमित फेला परेका छन्। त्यहाँ एकै दिन ५१ हजार ९७ कोरोना स्नाक्र्मैत फेला परेका छन् भने २४ घण्टामा ६ सय ७६ जनाको ज्यान गएको छ।
अमेरिका पछि बितेको २४ घण्टामा ब्राजिलमा धेरै कोरोना भाइरस संक्रमित फेला परेका छन्। त्यहाँ बितेको २४ घण्टामा ४४ हजार ८ सय ८४ नयाँ संक्रमित फेला परेका छन्। ब्राजिलमा विश्वको सबै भन्दा धेरै १ हजार ५७ जनाको ज्यान गएको छ।
यस्तै भारतमा बितेको २४ घण्टामा १९ हजार ४ सय २८ नयाँ कोरोना भाइरस संक्रमित फेला परेका छन् भने त्यहाँ थप ४ सय ३८ जनाको ज्यान गएको छ।
भारत पछि रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ५ हजार ४ सय, पाकिस्तानमा ४ हजार १ सय, पेरुमा ३ हजार जनामा संक्रमणको पुष्टि भएको छ।
यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७ लाख ९५ हजार १ सय पुगेको छ भने ज्यान गुमाउनेको संख्या ५ लाख १८ हजार ५८ पुगेको छ।