दुई महिलासहित छ जुवाडे पक्राउ !

चिप्लेढुङ्गा – कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ।पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन्।जुवाखालबाट ४७ हजार १ सय रूपैयाँ र तास बरामद भएको छ।

प्रवक्ता हमालका अनुसार विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको हो।कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट तीन महिलासहित १० जुवाडेलाई पक्राउ गरेको थियो।

बैंकको किस्ता भुक्तानी गर्ने समय छ महिना थप्न माग

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो ।

अन्य पेशा व्यवसाय खुकुलो बनाइए पनि यातायात व्यवसाय भने ठप्प रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेकाले सरकारले आफ्नो मागको सुनुवाइ नगरेको खण्डमा असार २२ गतेदेखि कम्पनीमा आबद्ध व्यवसायीहरुको सवारी साधनको कागजात र तालाचाबी क्रमिकरूपमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बुझाइने प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए।

“महासङ्घमार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गरायौँ तर हाम्रो मागको सम्बोधन हुन सकेन, यातायात सञ्चालनमा सरकारले नै बन्दाबन्दी घोषणा गरेको अवस्थामा किस्ता बुझाउन सकिने अवस्था छैन”, अध्यक्ष केसीले भने, “सेवा सञ्चालन गर्ने निर्णय भएमा पनि हालसम्म खडा भएका सवारी साधनको ब्याट्री, टायर तथा पार्टपुर्जा मर्मतका लागि समेत एउटा गाडीलाई तत्काल रु एक लाख लगानी गर्नुपर्ने बाध्यता छ ।”

प्रकाशित : बिहिबार, असार १८, २०७७०२:१२

अनसनरत् इशानलाई भेटेपछि गगनले भने-‘सरकारमा रहेका जनता जोगाउन भन्दा कुर्सी जोगाउन व्यस्त भए’