प्रचण्डले भने – ‘त्याग गर्दा अपमान गरियो’

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि अपमान भएको बताएका छन्। बिहीबार बिहान खुमलटार स्थित आफ्नो निवासमा ओली निकट स्थायी समिति सदस्यहरुसँग छलफल गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

पछिल्लो समय पार्टीमा आफू अपमानिक भएको भान हुन थालेको प्रचण्डको भनाई छ। विगतमा भएका सहमति र अडान छाड्नु नै आफ्नो गल्ती भएको भन्दै उनले स्थायी समिति सदस्यहरुसँग दुखेसो पोखे।

अर्का अध्यक्ष केपी शर्मा ओली निकट नेताहरूसँग दुबै अध्यक्षका कमजोरीहरू औंल्याउन पनि भने। त्यसक्रममा आफूले अडान छाड्न ओलीले मौका छोपेर ओलीले पार्टीमा एकाधिकार कायम गर्न खोजेको प्रचण्डको भनाई छ।

“अडानहरू छोड्नु नै मेरो कमजोरी हो। मैले विगतमा भएका सहमति र अडान छाड्दा अपमानको स्थिति भयो। मैले अडान छाड्दा प्रधानमन्त्री ज्यूले पार्टीमा एकाधिकार गर्नुभयो। पार्टीमा मेरो अपमान भइरहेको छ।”,छलफलमा उनले भने।

उक्त छलफलमा ओली पक्षका बिष्णु पौडल, ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङ र प्रदीप ज्ञवालीको सहभागी थियो। प्रचण्ड निकटका नेताहरु पनि उक्त बैठकमा सहभागी भएका थिए। प्रचण्डको तर्फबाट प्रचण्ड-नेपाल गुटका जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल र मात्रिका यादव लगायतका नेता उक्त बैठकमा सहभागी थिए।

छलफलका क्रममा ओली निकटका नेताहरुले मिलेर जानुको विकल्प नरहेको बताएका थिए। “भित्रको किचलोकै कारण भारतमा कम्युनिष्ट सकिएको उदाहरण दिँदै नेताहरुले मिल्न नसके दुर्घटना हुन्छ।”,बैठकमा नेताहरुले भनेका थिए।

प्रकाशित : बिहिबार, असार १८, २०७७०६:१२

नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनमत पार्टीको भैंसी जुलुस ! [तस्विर-भिडियो सहित]