एजेन्सी – चिया र हामी नेपाली बीच एक गहिरो सम्बन्ध छ। चिया पिउन हामीलाई ठूलो बहाना नै चाहिँदैन। चियासँगै दैनिकी शुरु गर्ने हामीहरु दिउँसो पनि मौका मिलेको खण्डमा चिया छोड्दैनौ।
पाहुना आउँदा, बाटोमा पूरानो साथी भेटिँदा, कोहिसँग गफ्फिन मनलाग्दा हामी नेपालीको चिया नै बहाना र साथि बन्ने गरेको छ। कालो होस् अथवा सेतो, हामी नेपालीलाई बस चिया भए पुग्छ।
तर आज यस लेखमा चिया भन्दा पनि चियापत्ती बारे चर्चा हुँदैछ। चिया बनाएपछि हामी प्रायले चियापत्ती फ्याँक्ने गर्छौँ। उपयोगी हुँदैन भन्ठानेर हामीले फ्याँक्ने चियापत्तीको अनेकौ गुण छन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।
उम्लेको चियापत्तीको विभिन्न तरिकाले उपयोग गर्न सक्छौं। चियापत्तीमा एन्टीअक्सिडेन्ट तत्वहरु हुने हुँदा चियापत्तीलाई धेरै तरिकाबाट उपयोग गर्न सकिन्छ। के के छ त उम्लेको चियापत्ती उपयोगिताहरु ? हेर्नुस्
घाउमा
एन्टीअक्सिडेन्ट तत्वहरु हुने हुँदा उम्लेको चियापत्तीलाई घाउमा लगाउन सकिन्छ। चिया बनाइसकेपछि बाँकि रहेको चियापत्तीको लेपलाई घाउमा लगाउँदा रगत बग्न कम भई छिटो निको हुने हुन्छ। यस्तै चियापत्ती उमालेको पानीले घाउ धुँदा पनि लाभ मिल्छ।
कपालमा
चियापत्तीलाई कपालमा पनि प्रयोग गर्न सकिन्छ। चियापत्तीको पानिले प्राकृतिक कन्डिशनरको काम गर्छ। चिया पकाइसकेपछि बाँकि रहेको चियापत्तीलाई धोएर फेरी पानिमा उमाली चोसो बनाएर कपालमा लगाउँदा धेरै फाइदा मिल्छ। कपालमा मेहेन्दी लगाउँदा यसो गरे झनै बढी फाइदा हुन्छ। यसो गर्दा कपाल सिल्की र चमकदार हुन्छ।
दाँत दुखाइमा
चिया पकाइसकेपछि बाँकि रहेको चियापत्तीलाई धोएर फेरी उमाले पछि मन तातो बनाएर मुख कुल्ला गर्न सकिन्छ। यसो गर्दा दाँत सफा हुने मात्र नभई दाँत दुखेको पनि कम हुन्छ।
झिंगा भगाउन
चियापत्तीलाई झिंगा भगाउने काममा पनि प्रयोग गर्न सकिन्छ। झिंगा भगाउन चिया पकाइसकेपछि बाँकि रहेको चियापत्तीलाई धोएर एक कपडामा पोको पारेर राख्न सकिन्छ। यसरी चियापत्तीको पोका भएको ठाउँमा झिंगा बस्दैन।
शीशा र फर्निचरमा
चिया पकाइसकेपछि बाँकि रहेको चियापत्तीलाई धोएर पुन : उमाली शीशा र फर्निचर सफा गर्न सकिन्छ। चियापत्तीलाई पुन : उमालेर चिसो बनाई स्प्रे बोतलमा भरेर शीशा र फर्निचर सफा गर्न सकिन्छ। यसो गर्दा शीशा र फर्निचर चम्कन्छ।
बोट-बिरुवाहरुमा
उमालेको चियापत्तीलाई मलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। बोट-बिरुवालाई पानी मात्र नभई मल पनि चाहिन्छ। चिया पकाइसकेपछि बाँकि रहेको चियापत्तीलाई हामी मलको रुपमा पनि प्रयोग गर्न सक्छौ। यसो गर्दा बोट-बिरुवाहरु स्वस्थ रहने र छिटो बढ्ने हुन्छ।