परिवर्तनशील जीवनशैली र खानपानको कारण मानिसहरुलाई मुटु सम्बन्धि बिमारी हुने जोखिम धेरै बढेको छ । अहिले हार्ट प्रोब्लम्समा कोरोनरी आर्टरी डिजीज,मुटुको मांसपेशि असामान्य रुपमा बढ्नु, हार्ट फेल हुनु र अनिमियत हर्ट बीट जस्तो समस्या हुनु सामान्य भइसकेको छ । तर यसको अरु कारण पनि छ, जुन तपाईले कहिल्यै सोच्नुभएको छैन।
एक इन्टरनेशनल रिसर्चको अनुसार हर्ट अट्याक हुनुको कारण मानिसको ब्लड ग्रुप पनि हो । ब्लड ग्रुपका कारण हर्ट अट्याकको खतरा सजिलै पत्ता लगाउन सकिन्छ । साथै कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याकको धेरै खतरा हुन्छ भन्ने सम्भावना पनि थाहा हुने अध्ययनले जनाएको छ । अनुसन्धानका अनुसार हर्ट अट्याक यस्ता व्यक्तिलाई अधिक हुन्छ जो व्यक्तिको ब्लड ग्रुप ‘ए’, ‘बी’ र ‘एबी’ रहेको छ । ‘ओ’ ब्लड ग्रपलाई भने सबैभन्दा राम्रो मानिएको छ ।
यो ब्लड ग्रुप भएका मानिसलाई मुटु सम्बन्धी लाग्ने रोगहरु धेरै कम हुने बताइएको छ । ‘ओ’ ब्लड ग्रुपको तुलनामा ‘ए’, ‘बी’ र ‘एबी’ ब्लड ग्रुपका मानिसहरुमा हर्ट अट्याक हुने गरेको बताइएको छ । ‘ए’ ब्लड ग्रुपका मानिसहरु धेरै कोलेस्ट्रोलका लागि जानिन्छ, जुन मुटुको समस्याको प्रमुख जोखिम कारक हो।