व्यस्तता र कामको चापले गर्दा शारीरिक तथा मानसिक थकानको महासुस हुनु सामान्य कुरा हो तर कुनै बेला केहि पनि काम नगर्दा अनावश्यक थकान महशुस हुन्छ भने यो एक गम्भीर समस्याको कारण बन्न सक्छ त्यसैले यस्तो भएमा समय मै सावधानी अपनाउनु जरुरी छ।
शरीरमा चिनीको मात्रा बढ्नाले पनि कहिले कहिँ यस्तो संकेत देखिन्छ। खासगरी ४० बर्षभन्दा माथिका व्यक्तिहरुले यस्तो समस्या देखिएको खण्डमा तुरुन्तै डाक्टरको उचित सल्लाह र परामर्श लिनु आवश्यक छ।
डाक्टरको भनाइ अनुसार दिनभर थकानको महसुस हुनु भनेको शरीरमा सुगरको मात्रा बढ्नु हो। यति मात्रा नभई शरीरमा इन्सुलिनको स्राव हुनाले पनि अनावश्यक तौल बढ्न जान्छ। शरीरमा लगातर रुपमा सुगरको मात्रा बढ्नाले रोग प्रतिरोधात्मक शक्ति कमजोर भई विभिन्न रोगहरु लाग्ने सम्भावना रहन्छ।
सुगरको कारण छालासम्बन्धी अनेक समस्याहरु पनि देखा पर्न थाल्छन। यसका कारण छालामा चाउरीपन , दाग धब्बा, छाला फुस्रो हुने आदि समस्या निम्तन सक्छ। नियमित खानपान , शारीरिक ब्यायाम र दैनिक जीवनशैलीमा परिवर्तन गर्न सकेको खण्डमा यी समस्याहरुबाट मुक्ति पाउन सकिन्छ।