भोलि साउन ८ गते बुधवार तपाईको दिन कस्तो रहला? हेर्नुस् दैनिक राशिफल!

भोलि मिति बिक्रम संवत २०७६ साल श्रावण महिनाको ८ गते बुधवार इश्वी संवत २०१९ जुलाई २४ तारिख, काठमाडौंमा सूर्योदय– ५:२३ बजे, सूर्यास्त– १८:५८ बजे हुनेछ। आउनुहोस हेर्नुहोस तपाईको भोलिको राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

मनमा एकाग्रताको अभाव रहने छ। मानसिक चिन्ता र शारीरिक आलस्यता र थकानको अनुभूति हुनेछ।  गरिरहेको कामबाट बिशेष लाभ प्रप्त हुने देखिन्छ।  पारिवारिक वातावरणमा खुसियाली छाउने छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ। स्वास्थ्य अनुकुल रहेनछ।  आकस्मिक धन लाभ भएर जाने योग रहेको छ।

वृष – इ,उ,ए,ओ,वा,वि,वु,वे,वो (Taurus )

सवारी साधनको उपभोग गर्दा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ।  आकस्मिक मित्रभेट हुनाले मन प्रफुल्लित हुनेछ।  सन्तान सुख मिल्नेछ।  पारिवारिक वातावरण उल्लासमय रहनेछ।  रमणीय स्थलको यात्रा हुन् सक्ने सम्भावना रहेको छ। धार्मिक एवम आध्यात्मिक कार्यमा सक्रिय भइने छ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )  

व्यापारी वर्गका लागि समय शुभ रहेको छ।  व्यापार व्यवसायमा लाभ मिल्नेछ। कार्यमा सोचे अनुरुप सफलता पाइने छ। आर्थिक लाभको समय रहेको छ।  पिताको तर्फबाट लाभ मिल्नेछ।  रमणीय स्थलमा घुम्न जाने अवसर मिल्नेछ।  आकस्मिक धन लाभको योग रहेको छ।

कर्कट – हि,हु,हे,हो,डा,डि,डु,डे,डो (Cancer )

दिनको प्रारम्भमा मानसिक तनाव र द्विविधाले सताउने छ।  पेटसम्बन्धी समस्या देखिनेछ। दैनिक कार्यमा ढिलासुस्ती देखिने छ।  मध्यान्ह पश्चातको समयमा भने हरेक कार्य सरलतापुर्वक सम्पादन भएर जानेछ।  स्वास्थ्यमा सुधार भएर जानेछ।  व्यापार व्यवसायमा लाभ मिल्नेछ।  सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

धैर्यधारणका साथमा कार्य गर्ने समय रहेको छ।  नाममा सकेसम्म नकारात्मक भावना आउन नदिनुहोला।  बोलीको नकारात्मक पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा संयम रहनु पर्नेछ।  स्वस्थ्यमा सामान्य समस्या देखिन सक्ला।  आकस्मिक धन लाभ भएर जानेछ।  सनातन सुख मिल्ने छैन।

कन्या – टो,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

अधुरा र अपुरा रहेका कार्यहरु समयमा नै सम्पादन भएर जानेछ।  आर्थिक लाभको सम्भावना रहेको छ।  सामाजिक क्षेत्रमा यश किर्ती प्राप्त भएर जानेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  धार्मिक एवम आध्यात्मिक कार्यमा मन लगाउनाले मानसिक शान्ति प्राप्त हुनेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

अनावश्यक झैँ झमेलामा फस्ने सम्भावना रहेकाले बिशेष सावधानी अपनाउनु पर्नेछ।  हरेक कार्य दृढ आत्मविश्वास र मनोबलका साथमा सम्पन्न भएर जानेछ। कला क्षेत्रमा रुचि बढ्ने छ।  मनोरन्जनात्मक कार्यको पछाडी समय व्यतीत  हुनेछ। सामाजिक रुपमा ख्याती कमाउने समय रहेको छ।

वृश्चिक – तो,ना,नि,नु,ने,नो,य,यी,यु  (Scorpio)

साहित्य लेखनको क्षेत्रमा रुचि बढ्ने छ। बिद्यार्थी वर्गका लागि समय अनुकुल रहेको छ। शत्रु परास्त भएर जानेछ। व्यापार व्यवसायमा सोचेअनुरुप लाभ मिल्नेछ। सहकर्मीको साथ र सहयोग पनि अपेक्षागरे अनुरुप मिल्नेछ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius) 

प्रतिष्पर्धाका बिचमा विजय हासिल गर्ने समय रहेको छ।  बौद्धिक क्षेत्रमा सफलता मिल्ने छ।  सामाजिक क्षेत्रमा मान सम्मानमा वृद्धि भएर जानेछ।  पारिवारिक वातावरण क्लेश्मय रहनेछ।  स्वास्थ्यमा सामान्य परिवर्तन आउनेछ।  बिद्यार्थीवर्गका लागि समय अनुकुल रहेको छ।

मकर – भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी  (Capricorn)

दाम्पत्य जीवनमा निकटताको अनुभूति हुनेछ। परिवारमा खुसियाली छाउने छ। साथीभाईका साथमा रमणीय स्थानमा घुम्न जाने अवसर मिल्नेछ।  प्रतिस्पर्धाको बिचमा पनि विजय हासिल गर्ने समय रहेको छ। आकस्मिक हुने दुर्घटनाबाट बच्नु पर्ने छ।  समग्रमा तपाईका लागि भोलिको दिन फलदायी रहने छ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius) 

अनावश्यक रुपमा खर्चको मात्रा बढेर जानेछ।  रिसलाई काबुमा राखेर अघि बढ्न सकेको खण्डमा बिशेष लाभ हुने देखिन्छ।  अनावश्यक झैँ झमेलामा नाफस्दा नै राम्रो हुनेछ।  कलात्मक एवम सिर्जनात्मकता देखाउने समय रहेको छ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces) 

घरमा धार्मिक एवम मांगलिक कार्यको शुभारम्भ हुने छ। ठुलाबडाको आशिर्वाद मिल्नेछ।  राम्रो काम गर्नका लागि प्रोतसाहन गर्ने बढेर जानेछ। स्वास्थ्यमा अचानक [परिवर्तन आउन सक्ने भएकाले खानपानमा बिशेष ध्यान दिनुपर्ने छ। बाणी तथा व्यवहारमा संयम रहनुपर्नेछ।

प्रकाशित : मङ्गलबार, साउन ०७, २०७६१३:१३

भोलि साउन ९ गते बिहिवार तपाईको दिन कस्तो रहला? हेर्नुस् दैनिक राशिफल!