एजेन्सी, बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्टको विवाहको चर्चा बिगत केहि समय अघिदेखि सिने बजारमा चल्दै आइरहेको छ। अन्तत अबको केहि दिनमा यी दुई बिवाह बन्धनमा बाँधीन सक्ने खबर बाहिरिएको छ। एक मिडिया रिपोर्टसका अनुसार आलियाले आफ्नो विवाहको पुरा तयारी समेत गर्न थालिसकेकी छिन। हालै मात्र अलियाले आफ्नो विवाहको लेहेंगाको डिजाईन गर्नका लागि प्रसिद्ध डिजाइनर सब्यासाची संग भेटेकी छिन। र विवाहमा उनकै डिजाईनमा तयार गरिएको लेहेंगा लगाउने तयारीमा रहेकी छिन।
सब्यासाचीको डिजाइनमा तयार गरिएको लेहेंगा सोनाम कपुर् , दीपिका पादुकोण ,प्रियंका चोपडा लगायतका अभिनेत्रीले समेत आफ्नो विवाहमा लगाईसकेका छन। ऋषि कपुरको स्वास्थ्य अवस्था ठिक भएर भारत फर्किए पछि धुमधाम संग विवाहको तयारी थालनी गर्ने बताईएको छ।
रणवीरले आलियालाई पछिल्लो बर्ष न्यु ईयरको मौका पारेर बुल्गारियामा चलचित्र ‘ब्रह्मास्त्र’ को सुटिंगको क्रममा प्रपोज गरेका थिए। त्यस पश्चात यी दुई हरेक कार्यक्रमहरुमा एकसाथ देखिदै आइरहेका छन र समय समयमा बजारमा सम्बन्धको बारेमा पनि चर्चा हुने गरेको छ। साथै आलियाले पनि यसै बर्ष सम्पन्न फिल्म फेयर अवार्डको क्रममा रणवीरलाई सबैको समू आफ्नो मनको राजा भन्दै प्रेम प्रस्ताव राखेकी थिइन्।
रणवीर र अलिया अभिनित चलचित्र ‘ब्रह्मास्त्र’ प्रदर्शनको क्रममा रहेको छ।