बोसो लागेर तनावमा हुनुहुन्छ ? त्यसो भए हरेक दिन यसरी पिउनुहोस् ल्वांग-पानी !

प्राय: ल्वांगको प्रयोग खाना स्वादिष्ट बनाउन गरिन्छ | तर के तपाईंलाई थाहा छ कि ल्वांगले खाना स्वादिष्ट बनाउनुको साथै मोटोपना घटाउन पनि मद्दत गर्छ | यसले शरीरमा रहेको बोसो पगाल्ने काम गर्छ | यसमा प्रोटीन, आइरन, कार्बोहाइड्रेट, क्याल्सियम, फास्फोरस, पोटेशियम, सोडियम र हाइड्रोक्लोरिक एसिड प्रशस्त मात्रामा पाइन्छ। यसले मोटोपना कम गर्नुको साथै अरु पनि थुप्रै समस्याबाट छुटकारा दिन मद्दत गर्छ |

मोटोपना घटाउने तरिका 

ल्वांगले शरीरको मेटाबोलिजमलाई उत्तेजित गर्दछ, जसले वजन कम गर्न मद्दत गर्दछ| यसमा एन्टीकोलेस्टेरिक र एन्टी लिपिड हुन्छ | यसलाई दालचिनी, मरिच र जीराको साथ मिलाएर सेवन गर्नाले यसले शरीर को मेटाबोलिक रेट बढाउन मद्दत गर्छ | त्यस्तै, ल्वांगले मधुमेह पनि नियन्त्रण गर्छ |

सामग्री 

५० ग्राम ल्वांग

५० ग्राम दालचिनी

५० ग्राम जीरा

ल्वांग पानी तयार पार्ने तरिका 

दालचिनी र जीरा मिसाएर यसलाई केहि समय भुट्नुहोस् | त्यसपछि मसिलो हुनेगरी पिस्नुहोस् | पिसेर धुलो पाउडर हावा नछिर्ने भाडोमा राख्नु पर्छ |

एक चम्चा पाउडर एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् र केहि समय सेलाउन राख्नुहोस् | त्यसपछि एक चम्चा मह मिलाउनुहोस् र पिउनुहोस् | यसरी दैनिक बिहान खाली पेटमा ल्वांग पानीको सेवन गर्नाले शरीर स्वस्थ र निरोगी रहन्छ |

प्रकाशित : शुक्रबार, असार १९, २०७७१५:२८

दाँत ब्रस छान्दा दिनुहोस् यी कुराको ध्यान, दाँत सफा गर्दा यसरी गर्नुस् !