दाललाई प्रोटिनको पावर हावुस मानिन्छ | दाल मध्ये पनि मुंगको दाल निकै पोषणयुक्त हुन्छ | यो दालको सेवनले शरीरको लागि जरूरी पोषण तत्वो प्राप्त हुन्छ | मुंगको दालले डेंगु जस्तो खतरनाक बिमारीबाट पनि बचाउँछ|
मुंगको दाल तयार पर्ने तरिका
प्रेसर कुकरमा २ कप पानी राख्नुहोस् तताउनुहोस् | पानी तातेपछि त्यसमा मुंगको दाल राख्नुहोस् र आफ्नो स्वाद अनुसार नुन राख्नुहोस् र त्यसलाई ३ ४ सिठ्ठी लगाउनुहोस् | अब मुंगको दाल सेवन गर्न तयार भयो |
एक कप मुंगको दालमा प्रोटीन १४ ग्राम, फ्याट १ ग्राम, फाइबर १५ ग्राम, फोलेट ३२२१ माइक्रोग्राम, सुगर ४ ग्राम, क्याल्सियम ५५ मिलिग्राम, म्याग्नेशियम ९७ मिलिग्राम, जिंक 7 मिलीग्राम हुन्छ। त्यस्तै,यसमा भिटामिन बी १, बी ५ , बी ६ , थाआमिन, डाइटरी फाइबर र प्रतिरोधी स्टार्च पनि हुन्छ।
मोटोपना
मोटोपना घटाउन मुंगको दाल एकदम असरदार हुन्छ | यसको दैनिक सेवनले मोटोपन वजन कम गर्न मद्दत गर्छ | यसमा क्यालोरीको मात्रा कम र फाइबर धेरै हुन्छ | मुंगको दालको सेवनले मेटाबोलिज्म रेट बढ्छ जसले गर्दा वजन घट्ने प्रक्रिया छिटो हुन्छ |
मधुमेह
मुंगको दालले शरीरमा इन्सुलिनको मात्रा बढाउन सहयोग पुर्याउनुका साथै रगतमा ग्लुकोजको मात्रा पनि नियन्त्रण गर्छ जसले गर्दा मधुमेह नियन्त्रण गर्नमा मद्दत पुग्छ |
डेंगु
डेंगु एक खतरनाक बिमारी हो | मुंगको दालको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढ्छ जसले गर्दा डेंगु जस्तो खतरनाक बिमारीबाट पनि बच्न सकिन्छ |
डिटोक्सिफिकेशन
मुंग दालको नियमित सेवनले शरीरमा रहेको फोहोर हटाउँछ, जसले शरीरलाई सफा गर्दछ। यसका साथै यस दालमा रहेको तत्त्वहरूले कलेजो, पित्ताशय, रगत र आन्द्रा पनि सफा गर्दछ।