छाला देखि कपाल सम्मका लागि फाइदाजनक छ निम , कसरी जानिराखौं

आयुर्वेदमा निमको प्रयोग विभिन्न रोगको औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ। मेडिकल साइन्समा पनि निमको प्रयोग औषधि बनाउनका लागि प्रयोग गरिने गरिन्छ। निममा यस्तो प्रभावकारी गुण हुन्छ जुन स्वास्थ्यका साथै स्किनको लागि अति नै लाभदायक रहेको छ।

आज हामी निमको पात चपाउनुका अनगिन्ति फाइदाको बारेमा बताउन गइ रहेका छौं ,ति केके हुन् त

 स्किनको लागि फाइदाजनक

निमको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ। यसले स्किन इन्फेक्सन , दाग धब्बा आदि विभिन्न प्रकारका स्किन सम्बन्धि समस्याबाट छुटकारा पाउन सकिन्छ। दाद , चाउरिपना आदिको समस्याका लागि निमको पातको पेस्ट बनाई हल्दिको साथमा अनुहारमा लगाउनाले फाइदा पुग्ने देखिन्छ।

कपालका लागि 

निमको पात चपाउनाले कपाललाई फाइदा पुग्ने देखिन्छ। निममा पाइने एन्टी फंगल गुणले गर्दा चायाको समस्याबाट बच्न सकिन्छ।  यसका लागि निमको पातलाई पानीमा उमाली नुहाउनाले कपाल सम्बन्धी समस्याबाट राहत मिल्छ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि

निममा एन्टीअक्सिडेन्टका साथ साथै एन्टी माईक्रोबियल , एन्टीभाइरल गुण पाइन्छ। जसले गर्दा यसको पात चपाउनाले शरीरका अनावश्यक ब्याक्टेरिया नष्ट भई रोग संग लड्ने बिशेष क्षमता पनि राख्दछ।

पाचन प्रक्रियामा सुधार

निम लिवरका लागि फाइदाजनक रहेको छ। जसले गर्दा यसको प्रयोगले पाचन प्रणालीमा सुधार ल्याउछ।

 

प्रकाशित : बुधबार, साउन ०८, २०७६१२:४५

पैदलयात्री ठक्कर दिएर गाडी भाग्यो, ७९ वर्षीय खड्कबहादुरको मृत्यु !