पृथ्वीनारायणको शालिक अनावरण !

भीमदत्तनगर – नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले पृथ्वीनारायण शाहको शालिक आज अनावरण गरेको छ । बाहिनीको मूल गेट छेउमा निर्माण गरिएको शाहको पूर्णकदको शालिक सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापाले अनावरण गरेका हुन् ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्दैे सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापा । सो शालिक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको मूल द्वार अगाडि निर्माण गरिएको हो । तस्बीरः शेरबहादुर सिंह÷ रासस

बाहिनीपति सहायकरथी शङ्करबहादुर पण्डितको सक्रियतामा निर्माण गरिएको शालिक बाहिनीको १६औँ वार्षिकोत्सव समारोहको अवसर पारेर अनावरण गरिएको हो । शालिक अनावरण कार्यक्रममा बाहिनीपति सहायकरथी पण्डितले देशको एकीकरण, स्वाभीमानको सुदृढीकरण, सबै किसिमका सङ्कटको प्रतिकार तथा समृद्धिसहितको नेपालीपनको सवलीकरण, हरेक जनता र सेनाको समान योगदान एवं सहकार्य रही आएको बताए।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्दैे सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी निर्मलकुमार थापा । सो शालिक नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको मूल द्वार अगाडि निर्माण गरिएको हो । तस्बीरः शेरबहादुर सिंह÷ रासस

कार्यक्रममा बेतकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द, उपप्रमुख सुशीला सिंह, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालगायत विभिन्न सुरक्षा निकायका प्रमुख, सैनिक अधिकृत तथा समाजसेवीको सहभागिता रहेको थियो । (तस्बीर उपलब्ध छ)

प्रकाशित : आइतबार, असार २१, २०७७११:४७

असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह !