भोलि असार २२ गते सोमबार, कसरी बित्ला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अनावश्यक वादविवादमा फस्ने सम्भावना छ। मानसम्मानमा आंच आउने देखिन्छ। पेटसम्बन्धी समस्याको शिकार भइने छ।  सकेसम्म यात्रामा  ननिस्कादा नै लाभदायक हुनेछ। धार्मिक कार्यमा मन जानेछ। परिवारमा कोलाहलको स्थिति सिर्जना हुनेछ। सार्वजनिक क्षेत्रमा मानहानी हुन सक्ने हुँदा सावधान रहनुहोला।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रेम सम्बन्ध अत्याधिक प्रगाड हुने देखिन्छ। व्यावसायिक, आर्थिक र सामाजिक रुपले दिन सफल हुनेछ। दृढ़ आत्मविश्वास अनि उच्च मनोबलका कारण सम्पूर्ण कार्यहरु सफल भएर जानेछन। बौद्धिक प्रतिभा व्यवसायको क्षेत्रमा प्रकट हुनेछ। निर्धारित समयमा कार्य सम्पन्न हुनाले मनमा उत्साह बढेर जानेछ। यधपी सवारी चलाउदा भने सजक रहनु होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

हरेक कार्यमा प्रतिकूलता मात्रै छाउने देखिन्छ। आफ्नो परिवारसंगको सम्बन्ध यथावत राख्नको लागि केही बुद्धि विवेकको प्रयोग गर्नुपर्ने देखिन्छ। शारिरमा कान्तिको कमि रहन सकने देखिन्छ भने मानसिक रुपमा पनि तनाव बढेर जाने देखिन्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कला कौशलता देखाउने अवसर प्राप्त हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहनेछ । मनोरन्जनात्मक कार्यमा समय व्यतित भएर जानेछ।आर्थिक लाभ हुने सम्भावना रहेको छ। आकस्मिक मित्रभेटले गर्दा मन आनन्दित हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ्।  दाम्पत्यजीवनमा खुसियालि छाउने छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

दिन तपाईको लागि मध्यम फलदायी सावित हुनेछ। नयाँ कार्य थालनीको लागि दिन खासै शुभ देखिँदैन। तर आर्थिक व्यवसाय र कार्यहरु राम्रैसँग सफल हुनेछन्। अध्ययनमा सफलता प्राप्त हुन सक्ला। जागिरेहरुको लागि भने दिन खासै शुभ देखिँदैन। आफ्नो बोलि र व्यवहारमा समानता राख्न कोशिश गर्नु होला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आफ्नो बोलीमा नियन्त्र राख्नु पर्ने देखिन्छ भने कम बोलेकै उचित हुने देखिन्छ। समाजमा लज्जित हुनु पर्ने अवस्थाको शिर्जना हुन सक्ला। विवादको कारण परिवार र साथीहरूसंगको सम्बन्ध बिग्रिन सक्ला। कुनै पनि क्षेत्रमा आर्थिक लगानी नगर्नु होला। कानुनी कार्य देखि पनि संयमता अपनाउनु पर्ने देखिन्छ। टाढाको यात्रा नगर्नु होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अस्वस्थताले कमजोर भएको अनुभूति हुन सक्ला। खान-पानमा ध्यान दिनु होला। परिवारको स्वास्थ्यको कारण चिन्ता बढ्न सक्ला। सार्वजनिक जीवनमा पनि मान-हानिको दुख खेप्नु पर्ने देखिन्छ। परिश्रम अनुसारको फल नमिल्दा उर्जाको कमी रहनेछ। सकेसम्म आर्थिक लेनदेन बाट टाढा रहनु भएकै राम्रो होला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

समाजमा सम्मान बढेर जाने देखिन्छ । समाजमा दायित्व पनि बढ्न सक्ला। धर्म प्रति आस्था बढेर जानेछ। यात्राको पनि योग छ। साथै मनोरन्जनको लागि खर्च हुने देखिन्छ। घरमा सुखशांति र आनन्दको माहोल हुनेछ। अपेक्षा गरे भन्दा बढी नै सफलता पाइने दिन छ। निर्माण तथा व्यवहारिक कार्यमा मन लाग्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बिहानैबाट शरीरमा स्फूर्ति प्रवाह हुँदा हरेक काममा मन जानेछ। वाहनसुख मिल्ने योग छ । गर-गहना तथा घर जग्गामा ठूलो धन खर्च हुन सक्ला। परिवारमा पनि माहोल सुखद नै रहनेछ। यधपी साँझ पछि भने स्वास्थ्यमा समस्या देखा पर्न सक्ला। साँझ पख सकेसम्म कुनै पनि प्रकारको लागि लेनदेन नगरेकै शुभ रहला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

होसियार बन्न नसक्दा फजुल खर्च हुनेछ। आवश्यकता अनुसार आर्थिक लगानी निक्लिने छैन। पारिवारिक मतभेद र अवरोधका कारण कार्यवाधा उत्पन्न हुन सक्ला। बोलीको कारण काम बिग्रिने देखिन्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था रहला। बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले वाणी तथा व्यवहारमा नियन्त्रण राख्नु होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

एकाग्रता बढेर जाने देखिन्छ भने हरेक कार्य समयमा सम्पन्न हुनेछन्। उर्जा समेत भरिपुर्ण रहन सक्ला। नयाँ कार्य थालनीको लागि दिन धेरै शुभ देखिन्छ। गृहस्थ जीवनमा मधुरता बढेर जानेछ। कानुनी कार्यमा दिन सफल नै रहला। काममा केही अलमल तथा ढिलासुस्ती भएपनि परिवार तथा आफन्तजनको सहयोगबाट सबै कार्य सफल नै हुनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अल्पकालीन लाभ लिने शुरमा दिर्घकालिन लाभ भने गुम्नेछ। नाम र दामका लागि गरिएको खर्च व्यर्थ हुनेछन्। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। बोलि र व्यवहारमा समानता नहुँदा धेरै गार्हो पर्नेछ। अध्ययनमा ध्यान नदिंदा असफलता मात्र हात लाग्न सक्ला। प्रतीक्षित नतिजा कमजोर रहने देखिन्छ।

प्रकाशित : आइतबार, असार २१, २०७७१६:०९

तपाईंको लागि यो हप्ता कस्तो रहला ? हेर्नुहोस् हप्ताको साप्ताहिक राशिफल !