सोमबार घट्यो सुनको मूल्य ! कति पुग्यो ? हेर्नुहोस् !

काठमाडौँ – सुनको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबार सुनको मूल्यमा ३ सय रुपैंयाले गिरावट आएको हो।

आइतबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ९० हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ७६० रुपैयाँ कायम भएको छ। आइताबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ थियो।

सोमबार चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। सोमबार चाँदी प्रतितोला ९ सय ४० मा कारोबार भैरहेको छ।

प्रकाशित : सोमबार, असार २२, २०७७०६:२०

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता