अदुवाका अनेक फाइदा: क्यान्सरबाट समेत बचाउँछ !

अदुवाको प्रयोग हामी प्राय: चियामा गर्छौं | यो हाम्रो स्वास्थको लागि निकै लाभदायक हुन्छ | यसमा हुने  एन्टी-इन्फ्लेमेटरी र एन्टि-ब्याक्टेरियल गुणले चिसो र खोकीबाट राहत प्रदान गर्दछ,  साथै अदुवाको सेवन गरेर शरीरमा कुनै पनि प्रकारको सूजन सजिलै कम गर्न सकिन्छ।

दैनिक बिहान अदुवा पानीको सेवन गर्नु निकै फाइदाजनक हुन्छ | यसले गर्दा दिनभरी शरीरमा उर्जाको कमि हुँदैन |

पाचन प्रणाली मजबूत बनाउँछ 

रातभर अदुवालाई पानीमा भिजाउनुहोस्। बिहान यो पानी सेवन गर्नाले पाचन प्रणाली मजबूत रहन्छ। यसका साथ, यसले मतली वा मर्निंग सिक्नेस जस्ता समस्याबाट राहत प्रधान गर्दछ।

वजन नियन्त्रण 

अदुवा पानीको नियमित सेवनले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। जसको कारण मधुमेह हुने जोखिम पनि कम हुन्छ। यदि तपाईं व्यायाम र उचित खानको साथ दैनिक अदुवा खानुहुन्छ भने यसले वजन कम गर्न मद्दत गर्छ।

छाला र कपालको लागि लाभदायक 

अदुवामा भिटामिन ए र सी पर्याप्त मात्रामा हुन्छ जुन कपाल र छालाको स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छ।

एन्टी-अक्सिडेन्ट गुण 

अदुवामा एन्टी-अक्सिडेन्ट  गुणहरू हुन्छन् जसले गर्दा यसले क्यान्सर कम गर्न मद्दत गर्दछ, साथै पार्किन्सन, अल्जाइमर, अन्य हृदय सम्बन्धित रोगहरू र चाउरीपना जस्ता समस्या कम गर्छ।

माम्सपेशी राहत प्रधान गर्छ 

अदुवा पानी लामो समयको व्यायाम गर्दा हुने माम्सपेशको दुखाइ कम गर्न धेरै लाभदायक हुन्छ। यसको सेवन गर्दा शरीर दुखाइबाट राहत पनि पाउन सकिन्छ।

प्रकाशित : मङ्गलबार, असार २३, २०७७१४:५५

कपाल बाटेर चुल्ठो बनाउनुको यस्ता छन् फाइदा !