के तपाईंका बच्चा सुत्दा मुखबाट सास फेर्छन् ? फेर्छन् भने आइलाग्न सक्छन् यस्ता समस्या !

के तपाईंले ख्याल गर्नुभएको छ कि प्राय: बच्चाहरु राति सुतेको समयमा मुखले सास लिन्छन् | यो कुरा सायद तपाईंलाई थाहा छैन होला कि यो बानी उनीहरुको लागि हानिकारक हुन सक्छ | यसले उनीहरुको स्वास्थ्यमा सामस्या निम्त्याउन सक्छ | मुखबाट सास लिँदा मुख सुख्खा हुन्छ | त्यस्तै, मुखमा नामीको पनि कमी हुन्छ, जसले गर्दा मुखलाई ब्याक्टेरियाबाट बचाउँन मद्दत गर्ने सलाइभामा कमी हुन्छ | यी बाहेक पनि मुखबाट सास लिँदा थुप्रै समस्या देखा पर्न सक्छ |

मुख सम्बन्धि समस्या 

सलाइभाको अभावले क्यभीटी, दाँतको संक्रमण, सास फेर्ने समस्याहरू निम्त्याउन सक्छ। बच्चाहरूको अनुहार र दाँतको आकार पनि बिग्रन सक्छ। बच्चाले लामो समय सम्म मुखबाट सास फेर्यो भने अनुहार पातलो र लामो हुन सक्छ, दाँत टेढो हुन सक्छ |

अक्सिजनको कमी 

मुखबाट सास फेर्दा सास फेर्ने नली सुख्खा हुन्छ। यस्तोमा अल्भियोलीले केही मात्रामा अक्सिजन खपत गर्छ। अल्भियोली श्वासप्रणालीको एक भाग हो जसले अक्सिजनलाई कार्बन डाइअक्साइडको अणुमा रूपान्तरण गर्छ। यस कारणले गर्दा, सबै अक्सिजन शरीरको बाँकी भागमा पुग्न सक्दैन।

उच्च रक्तचाप र हृदय सम्बन्धि समस्या 

विज्ञहरूका अनुसार मुखले सास फेर्दा शरीरमा अक्सिजनको मात्रा पर्याप्त हुँदैन, जसको कारण धमनीहरूमा अक्सिजनको कमी हुन सक्छ। अक्सिजनको कमीले  उच्च रक्तचाप र हृदय रोगहरूको शिकार बनाउन सक्छ। यस बाहेक, अनिद्राको समस्या पनि हुन सक्छ।

निन्द्राको समस्या 

सामान्यतया जो मानिस मुखबाट सास फेर्दछन उनीहरू राम्ररी सुत्दैनन्, जसको कारणले  सुतेपछि पनि तिनीहरूको शरीरले पर्याप्त आराम पाउँदैन। कम सुत्नाले दिमागलाई कमजोर पार्छ र धेरै शारीरिक समस्याहरू र खतरनाक रोगहरू निम्त्याउन सक्छ।

प्रकाशित : बिहिबार, असार २५, २०७७१२:०१

अनुहारको चाउरीपना हटाउन प्रयोग गर्नुहोस् चकुन्दर र एलोभेराको पेस्ट ! [तरिका सहित]