मुसाले टोक्दा अपनाउनुहोस् यी उपाय, नत्र हुन सक्छ यस्ता खतरनाक बिमारी !

घरमा मुसाको समस्या हुनु सामान्य कुरा हो | घरबाट मुसा भगाउन हामी थरि थरिका उपाय र औषधि प्रयोग गर्छौं | तर यी सबै उपायले पनि काम गर्दैन र मुसा घरमा देखा परिहाल्छ | तर गल्तीले पनि मुसाले टोक्यो भने थुप्रै संक्रमणका साथै ज्यान नै खतरामा पर्न पनि सक्छ |

७२ घण्टापछि हुन सक्छ संक्रमण 

मुसाले टोकेमा डाक्टरकोमा जान ढिला गर्नु हुँदैन। किनभने ७२ घण्टा भन्दा ढिलो भयो भने पीडितमा हुने संक्रमणलाई नियन्त्रण गर्न सकिदैन । यदि मधुमेह बिरामीलाई मुसाले टोक्यो र उनीहरूको चिनीको स्तर नियन्त्रणमा छैन भने  संक्रमण उनीहरूमा अझ छिटो फैलिन्छ। यो मात्र होईन, त्यो अंग काट्न पर्ने  हुनसक्छ |

मुसाले टोक्दा के हुन्छ त ? 

रेबिज भएको मुसाले टोक्यो भने ज्वरो आउन सक्छ। टाउको दुख्नुका साथै,असहिय दुखाइ, बान्ता पनि हुन सक्छ। साना रेशेसहरू शरीरमा देखा पर्न सक्छ। तिनीहरूले ३ देखि ४ दिन पछि देखा पर्छ।

हुन सक्छ यी समस्या 

यदि  मुसाले टोक्दा संक्रमणको ठीक समयमै उपचार गरिएन भने  मायोकार्डिटिस, एन्डोकार्डिटिस, निमोनिया, सिस्टमेटिक  भास्कुलाइटिस, पेरिकार्डिटिस, पोलियराइटिस, नोडोसा, हेपेटाइटिस, नेफ्रिटिस, मेनिन्जाइटिस, फोकल एब्‍सकेसेस, एम्निओटिस जस्ता रोग लाग्न सक्छ।

मुलाको रसले हुन्छ फाइदा 

मुसाले टोकेको ठाउँमा मुलाको रस र सुकेको नरिवलको पेस्ट  धेरै फाइदाजनक हुन्छ । यसको लागि  सुक्खा नरिवल पिसेर त्यसमा मुलाको रस मिलाएर पेस्ट तयार पार्नुहोस् । त्यस पछि मुसाले टोकेको ठाउँमा यो पेस्ट दिनमा दुई वा तीन पटक प्रयोग गर्नुहोस्।

मिन्टको प्रयोग हुन्छ फाइदाजनक 

मुसाले टोकेको ठाउँमा कपासको मद्दतले मिन्टको तेल लगाउनुहोस् | यो निकै फाइदाजनक हुन्छ |

प्रकाशित : बिहिबार, असार २५, २०७७११:५२

के तपाईंका बच्चा सुत्दा मुखबाट सास फेर्छन् ? फेर्छन् भने आइलाग्न सक्छन् यस्ता समस्या !