यदि हाम्रो पेट एक दिन मात्र पनि राम्रोसँग सफा भएन भने पनि हामी दिनभरि निराश रहनुपर्छ। आजकलको जीवनशैली र खानाको कारण कब्जियत हुनु सामान्य समस्या हो। यदि कब्जियतको समस्या छ भने, पेट केही नखाई पनि भारी महसुस हुन्छ। कहिले काँही पेट फुल्ने र कहिले काँही ग्यासको समस्या पनि हुन सक्छ। यदि तपाईं पनि कब्जियतको समस्याबाट ग्रस्त हुनुहुन्छ भने औषधिबिना घरेलु उपचारको सहयोगले कब्जियतबाट राहत पाउन सक्नुहुन्छ।
स्याउ

कब्जियतबाट छुटकारा पाउन हरेक दिन बिहान स्याउ खानुहोस्। स्याउ स्वास्थ्य को लागि धेरै फाइदाजनक हुन्छ। प्रत्यक दिन स्याउको सेवनले तपाईंलाई थुप्रै रोगहरूबाट बचाउनेछ र तपाईंको पेट सफा राख्नेछ। वास्तवमा स्याउमा फाइबर हुन्छ जुन शरीरको लागि धेरै फाइदाजनक हुन्छ, जसले ग्यासको समस्याबाट पनि राहत दिन्छ।
जीरा र ज्वानुको पानी

यदि तपाईं प्रत्येक बिहान उठेर जीरा र ज्वानुको पानी पिउनुहुन्छ भने एसिडिटी र कब्जियतबाट राहत मिल्नेछ। यस कारणले जीरा र ज्वानुको पानीलाई पेटको लागि जादुमय पानी भनिन्छ। यस पानीको सेवन गर्नाले मेटाबोलिजम बढ्छ, जसले पाचन शक्ति पनि मजबूत बनाउँछ।
ज्वानु र त्रिफला

कब्जियतबाट राहत पाउन, दश ग्राम ज्वानु, दस ग्राम त्रिफला र दस ग्राम नुन मिलाउनुहोस् , त्यसपछि पाउडर तयार गर्नुहोस्। यस पाउडरलाई तीनदेखि पाँच ग्रामको मात्रामा न्यानो पानीको साथ पिउनुहोस्। यसले तपाईंलाई कब्जियतबाट आराम दिन्छ।
इमली र सखर

इमलीमा एन्टी-आक्सीडेन्ट हुन्छ। यदि तपाईंलाई पनि कब्जियतको समस्या छ भने इमली र सखरको चटनी तयार गरी सेवन गर्नाले पेट सफा पार्छ साथै कब्जियतको समस्याबाट राहत प्रदान गर्छ।
खाने सोडा

कब्जियतको समस्याबाट छुटकारा पाउन खाने सोडा पानीमा मिलाएर पिउनु पर्छ। यसले इनोले जस्तै काम गर्छ। यसले तपाईंको पेट सफा राख्नुको साथै कब्जियतबाट पनि राहत दिन्छ। कब्जियतको समस्याको लागि सोडा खाने सबैभन्दा प्रभावकारी हुन्छ।

