चिकेनसँग यी तीन चिज नखाएकै राम्रो !

चिकेन खाने सोख धेरैलाई हुन्छ | तर कतिपय मानिस चिकेनको साथमा केहि चिज खान्छन् जो स्वास्थ्यको लागि हानिकारक हुन्छ | चिकेनको साथ केहि छन् जसको सेवनले तपाईंको शरीरलाई नकारात्मक असर गर्छ |

दही 

दही कहिले पनि चिकेनको साथ सेवन गर्नु हुँदैन। यो किनभने चिकेन तातो हुन्छ, यसले शरीरलाई न्यानो दिन्छ जबकि दही चिसो हुन्छ र यसले पेटमा चिसो प्रधान गर्छ । दही र चिकेन सँगै सेवन गरियो भने दुबैको तत्त्वहरू सँगै मिसिन्छन् जसले पाचन प्रणालीमा नराम्रो प्रभाव पार्छ। साथै धेरै पेट सम्बन्धि समस्याको कारण बन्न सक्छ।

दुध 

चिकेन र दुध एकसाथ सेवन बिर्सेर पनि गर्नुहुन्न । किनभने दुधमा हुने धेरै पोषक तत्व कुखुराको पौष्टिक तत्वकासाथ मिलेर   शरीरमा हानिकारक प्रभाव पुर्‍याउँछ। दुध र चिकेन एकसाथ खाँदा यसले शरीरमा रियाक्सन गर्छ । जसले गर्दा शरीरमा सेतो दाग-धब्बा देखा पर्छ।

माच्छा 

चिकेन र मच्छा दुबै चिजमा प्रोटिन भरपूर मात्रामा पाईन्छ | तर यी दुई चिजमा फरक प्रकारको प्रोटिन हुन्छ | त्यसैले, यी दुई चिज एकसाथ सेवन गर्नाले शरीरमा धेरै नोक्सान पुर्याउँछ |

प्रकाशित : बिहिबार, असार २५, २०७७११:२९

कपाल कलर गर्दा निम्तिन्छ्न् यस्ता गम्भीर समस्या !