भारतीय न्युज च्यानलको प्रसारण रोकियो

काठमाडौं – नेपाल तथा नेपालका प्रधानमन्त्रीलाई लिएर अ-नर्गल प्रचार गरिरहेका भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन्।

सीमा विवादलाई लिएर नेपाल भारत बीच सम्बन्ध बिग्रिएपछि भारतीय मिडियाहरुले नेपाल बारे अ-नर्गल प्रचार गरिरहेका छन्। केहि दिन देखि भारतीय मिडियाहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भ्रामक प्रचार गरिएको छ।

नेपाल केवल टेलिभिजन महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले एमएसओहरुले स्वत:फूर्त रुपमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकेको बताएका छन्। केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय नगरेको भएपनि स्वत:फूर्त रुपमा भारतीय समाचार टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको उनको भनाई छ।

भारतीय सञ्चारमाध्यमको अ-नर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको भत्र्सना

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोलकल्पित सामग्री प्रसारण गरेकामा नेपाल पत्रकार महासङ्घले भत्र्सना गरेको छ ।

“भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लोस्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ, भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमूना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ, महासङ्घ भारतीय सञ्चारमाध्यमको अ-नर्गल र बकवासपूर्ण प्रचारप्रसारको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट सम्प्रेषण भएका झूटा र आक्षेपपूर्ण समाचारका सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिनका लागि कडा कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

प्रकाशित : बिहिबार, असार २५, २०७७१४:०६

आजदेखि भारी वर्षा: सरकार ‘हाई अलर्ट’मा, जोखिम क्षेत्रमा नबस्न अनुरोध !