काठमाडौँ – बिहिबार रेकर्ड बनाएको सुनको मूल्यमा शुक्रबार केहि गिरावट आएको छ। बिहीवार प्रतितोला ९२ हजार ४०० रुपैयाँ पुगेको सुनको मूल्यमा शुक्रबार २ सय रुपैयाँले सस्तिएको हो।

कोरोना संक्रमण रोकथामका लागि सरकारले लगाएको लकडाउन पश्चात सुनको मूल्य ह्वातै बढेको छ। लकडाउन खुकुलो बनाइएपछि सुनको मूल्यले नयाँनयाँ रेकर्ड कायम गरिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य ९२ हजार २०० रुपैयाँ कायम भएको छ। यस्तै शुक्रबार तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन। शुक्रबार चाँदी प्रतितोला ९८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।
![]()

