शनिबार पनि बैंकका शाखा खोल्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ ।

बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिइएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

चालु आव सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : शुक्रबार, असार २६, २०७७१५:०१

‘महामारी र विपत्तिका समयमा राजनीतिक बहस हुनुलाई अन्यथा मान्नु हुँदैन’ – प्रम ओली !