नेकपा भित्रको सङ्कट तत्कालका लागि तर्यो: ओली–प्रचण्डबीच सहमति नजिक !

काठमाडौँ – आन्तरिक विवादका कारण विभाजनको संघारमा पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको संकट तत्कालका लागि टरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।

पार्टीभित्रबाटै बहुमत नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता संघर्षका कारण चुलिएको विवादको निरन्तरको संवादमार्फत समाधान हुने क्रममा रहेको छ ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच पाँचपटक भएको संवादमा ठोस सहमति नजुटे पनि तत्काल प्रधानमन्त्रीलाई पदबाट हटाउने अडान अर्का अध्यक्ष प्रचण्डले छोडेको ओली निकट एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्रीको राजीनामाको विषय अहिलेका लागि टरेको छ, पार्टी सञ्चालनको जिम्मेवारी कसरी तय गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

ओली र प्रचण्डबीचको अडानका कारण संवाद नै नहुने अवस्था सृजना भएपछि पार्टीभित्र दोस्रो पुस्ताका नेताहरुले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । प्रचण्डले पार्टी एकताको मूल मर्मअनुसार ओली नचलेको भन्दै असन्तुष्टि जनाउँदै दुई साताअघि भएको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्नुभएको थियो ।

पार्टीभित्रबाटै राजीनामा दिनुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को वर्षे अधिवेशन अन्त्य गर्दै कांग्रेससँग समेत मिलेर सरकार गठन गर्ने चेतावनी प्रचण्डलाई दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएपछि अन्ततः पार्टीभित्रको दबाबमा रहनुभएको कारण कार्यकारी अधिकार प्रचण्डलाई दिन तयार भएको स्रोतको दाबी छ ।

प्रकाशित : आइतबार, असार २८, २०७७०१:४३

फेरी नेपाल आउने तयारीमा सलह !