सुर्तीजन्य सेवनले दाँत बिग्रिएको छ भने अपनाउनुहोस् यी घरेलु उपाय, चमकदार हुनेछ दाँत !

दुनियाभरमा धेरै व्यक्ति छन् जसले सुर्तिजन्य सेवन गर्छन्, जबकि धेरैले यस खराब बानीलाई समयमै छोडिदिन्छन्, तर उनीहरुको दाँत भने पहिलाको जस्तो सेतो र सफा रहदैन। सफा र चम्किलो दाँतले तपाईंको सुन्दरता र व्यक्तित्वमा मद्दत पुर्‍याउँछ र यस्तो अवस्थामा यदि तपाईं सुर्तीजन्य छोड्नु भएपछि दाँत चम्किलो पार्न चाहनुहुन्छ भने तपाईं यी घरेलु उपाय प्रयास गर्न सक्नुहुन्छ।

कोइलाको प्रयोग

यदि तपाईं प्राकृतिक विधिले दाँत सफा गर्न कोशिस गर्दै हुनुहुन्छ भने  कोइलाको मसिलो धुलो बनाएर औंलाहरूको मद्दतले दाँत सफा गर्नुहोस्। यसो गर्नाले कालो र पहेँलो दाँत सेतो र सफा हुन्छ|
हिङको प्रयोग

दाँत सेतो बनाउनको लागि तपाईं भान्छामा राखिएको हिङको प्रयोग गर्न सक्नुहुनेछ। यसका लागि हिङको पाउडर पानीमा उमालेर त्यसलाई चिसो हुन दिनुहोस  र अब यो पानीले दिनको दुईपल्ट कुल्ला गर्नुहोस्, यो उपायले दाँतको दुखाइ पनि कम गर्छ।

नून र सर्सोंको तेलको प्रयोग

नूनको प्रयोगले दाँत सफा गर्नु सबैभन्दा पुरानो उपाय हो। यसको लागि नूनमा २ देखि ३ थोपा सर्सोंको तेल मिलाउनुहोस् र दाँत सफा गर्नुहोस्, यसले तपाईंको दाँत चम्किलो बनाउँछ।

नून र कागतीको प्रयोग

दाँत राम्रो देखिनको लागि कागतीको बोक्रामा एक चुटकी नुन प्रयोग गर्नुहोस् र यसले दाँत सफा गर्नुहोस्, यसो गर्दा दाँतको धब्बा जान्छ। वास्तवमा, कागतीमा भिटामिन सी हुन्छ र नूनले आयुर्वेदको अनुसार दाँतमा रहेको फोहोर सफा गर्छ, त्यसैले दाँतहरूको लागि यो निकै लाभदायक मानिन्छ।

बेसारको प्रयोग 

यो उपाय पनि दाँत सफा राख्न निकै प्रभावकारी हुन्छ| बेसारमा सर्सोंको  तेल र नून मिलाएर यसले दाँत मोल्नुहोस्। यदि तपाईंको दाँत पहेँलो छ भने यो धेरै लाभदायक हुन्छ।

प्रकाशित : आइतबार, असार २८, २०७७१६:३३

कम्मर दुख्ने समस्याबाट ग्रसित हुनुहुन्छ ? यस्तो गर्नुहोस् !