राति-राति महिलाहरुलाई काँटीले घोच्दै हिड्ने कार्की फेरी पक्राउ परे !

काठमाडौँ – महिलाहरुलाई काँटी र सुइरोले आक्रमण गरेको आरोपमा पक्राउ परेका सन्तोष कार्की अदालतको आदेशमा छुटे लगतै पुन : पक्राउ परेका छन्।

जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएपछि कार्की ३ लाख धरौटी तिरेर छुटेका थिए। महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको प्रहरी टोलिले कार्कीलाई छुटे लगतै पक्राउ गरेको हो।

पुन : पक्राउ गरिएका कार्की विरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको महानरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ।

काठमाडौँमा श्रृखलाबद्ध काँटी आक्रमण गर्ने व्यक्ति कार्की रहेको खुल्न आएपछि प्रहरीले उनलाई यसअघि असार १२ गते पक्राउ गरेको थियो।

उनी विरुद्ध महिलामाथि अपमाजनक व्यवहारको मुद्दा चलाइएको थियो भने सोहि मुद्दामा जिल्ला अदालत, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रकाशित : बिहिबार, साउन ०९, २०७६०७:२१

कसैले नबजाई आफैं घण्ट बज्ने यो मन्दिर जसले जो-कोहिलाई अचम्मित बनाउन सक्छ !