हामी सबैले कुनै न कुनै समयमा यस्तो अनुभव गरेका छौँ जब हामीलाई आफ्नै सम्झेका मानिसले धोका दिन्छन् । ज्योतिषशास्त्रमा बताइएको छ कि कुन राशिका व्यक्तिलाई कुन राशिका व्यक्तिले धोका दिन सक्छ |
मेष राशि

मेष राशि भएका मानिसलाई पैसा तथा सम्पति सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ|
कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरू मिथुन, कन्या र वृष राशिका जातकसँग पैसा र सम्पत्तिको लेनदेनमा सतर्क रहनु पर्छ।
उपाय: ज्योतिषशास्त्रका अनुसार हरेक दिन गणेश जीलाई दुवो अर्पण गर्नाले लाभ मिल्नेछ|
वृष राशि

यस राशि भएका मानिसलाई दिल सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ|
कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरू मेष, धनु र मीन राशिका जातकसँग सतर्क रहनु पर्छ।
उपाय: बिहान स्नान गरेपछि सूर्यदेवलाई तामाको भाडोले जल अर्पण गर्नाले लाभ मिल्नेछ |
मिथुन राशि

यस राशिका मानिसलाई पैतृक सम्पति र वाहन सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ |
कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरु मेष, वृश्चिक र सिंह राशिका जातकसँग सावधान रहन आवश्यक छ |
उपाय: हनुमान जीको पूजा र रातो फूल अर्पण गर्दा लाभ मिल्नेछ|
कर्कट राशि

यस राशिका मानिसलाई आफ्नो कार्यक्षेत्र सम्बन्धि मामलामा धोका मिल्ने सम्भावना हुन्छ |
कोसँग सावधान रहनुपर्छ त: यस राशिका व्यक्तिहरु मिथुन, कन्या र कुम्भ राशिका जातकसँग सतर्क रहनु पर्छ |
उपाय: शिवलिंगमा जल अर्पण गरि ओम नम: शिवाय मन्त्र जप गर्नाले लाभ मिल्नेछ |
सिंह राशि

यस राशिका मानिसलाई प्रेम सम्बन्ध तथा सन्तानबाट धोका मिल्ने सम्भावना हुन्छ |
कोसँग सावधान रहनुपर्छ त: वृष, तुला र मकर राशिको मानिससँग प्रेम सम्बन्ध बनाउँदा सतर्क हुनुहोस्।
उपाय: सूर्यदेवलाई दैनिक तामाको भाडोले पानी अर्पण गर्नाले लाभ मिल्नेछ।
कन्या राशि

यस राशिका व्यक्तिहरूले पैसाको मामलामा धोखा पाउने सम्भावना हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: मेष, वृश्चिक र धनु राशिका व्यक्तिहरूसँग सावधान रहनु पर्छ।
उपाय: दैनिक हनुमान चालीसा पाठ गर्दा लाभ हुन्छ |
तुला राशि

यस राशिका व्यक्तिहरुले प्रेम र सम्पतिको मामलामा धोका पाउने सम्भावना हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: वृश्चिक, धनु र मीन राशिका मानिससँग सावधान हुनुपर्छ।
उपाय: हरेक दिन श्री कृष्णको पूजा गर्नाले लाभ मिल्नेछ।
वृश्चिक राशि

यस राशिका व्यक्तिहरुलाई नोकारी सम्बन्धि कार्यहरू र व्यापारको बारेमा गोप्य जानकारी साझा गर्न सावधान रहन जरूरी हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: मिथुन, तुला र कन्या राशिका मानिससँग सतर्क रहनु पर्छ।
उपाय: हरेक दिन सोर्यदेवलाई पानी अर्पण गर्नाले लाभ मिल्नेछ।
धनु राशि

धनु राशिका मानिसलाई पैतृक सम्पति र कार्य क्षेत्रमा धोखा पाउने सम्भावना हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: वृष, कन्या र मकर राशिका व्यक्तिहरूसँग सम्बन्ध स्थापित गर्न सतर्क हुनुपर्छ।
उपाय: शिवलिंगमा अर्पण गर्दा लाभ मिल्नेछ।
मकर राशि

यस राशिका व्यक्तिहरूप्रति प्राय: भावनात्मक कुरामा धोका हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: कर्कट, सिंह र वृश्चिक राशिका व्यक्तिहरूसँग सतर्क हुन आवश्यक छ।
उपाय: शुक्लपक्षमा चन्द्रमालाई अर्घ दिनु लाभदायक हुन्छ।
कुम्भ राशि

यस राशिका मानिस धन सम्बन्धित मामिलामा धोकामा पर्न सक्ने सम्भावना हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: मेष, धनु र मीन राशिका मानिसहरुसँग व्यवहार गर्दा सावधान रहनु पर्छ।
उपाय: प्रत्येक शनिबार पिपलको पूजा गर्नाले लाभ मिल्नेछ।
मीन राशि

यस राशिका व्यक्तिहरू प्रेमका मामलाहरूमा धोकामा पर्ने सम्भावना हुन्छ।
कोसँग सावधान रहनुपर्छ त: वृष, तुला र कुम्भ राशिका व्यक्तिहरूसँग सावधान रहनु पर्छ।
उपाय: बिरूवाहरूमा हरेक दिन पानी हाल्नुहोस्, लाभ मिल्नेछ ।

