एजेन्सी। मटो र भद्दा शरिरले सानो बच्चादेखि वृद्ध वृदालाई समेत सताएको हुन्छ । मटोपन बढ्नु भनेको रोगको सिकार हुनु हो । बरु पातलो भयो भने मटाउन समय लाग्दैन् तर मटो भयो भने दुब्लाउन धेरै समय लाग्छ । प्राय हामी देखिरहेका हुन्छौँ मटो शरिर भएको मानिसहरुले तौल घटाउनको लागि धेरै प्रयास गरिरहेका हुन्छन् ।

घन्टौ सम्म हरेक किसिमका व्यायमहरु गर्दा पनि तौल घटाउन नसक्दा धेरै चिन्तित बन्ने गर्छन् । त्यसैले आज हामी तपाईहरुलाई तौल घटाउने सजिलो उपाय बारे जानकारी दिन गइरहेका छौँ । जुन तपाई धेरैले आफ्नो घरमा प्रयोग गर्नुहुन्छ । बेकिंस सोडा र कागतीको प्रयोगले सजिलै तौल घटाउन सकिन्छ । सोडाले पाचन प्रणालीलाई सहज बनाउने काम गर्छ । बढ्दो मटोपनलाई पनि नियन्त्रण गर्छ ।

एक चम्चा बेकिंङ सोडा आधा गिलास पानीमा मिसाउनुहोस् । फेरि अर्को एक गिलासमा कागती वा अंगुरको जुस बनाएर दुबैमा मिसाउनुहोस् । यसरी दैनिक रुपमा यस्तै मिश्रण युक्त जुस बनाएर पिउने गर्नाले तौल कन्ट्रोल गर्न मद्दत गर्छ । हरेक दिन सोडा मिसाएर बनाएको जुस खाना खाइसकेपछि पिउनुपर्छ । जुले शरिरमा कुनै किसिमको साइट इफेक्ट गर्दैन् । जसले शरिरलाई स्लिम र फिटनेस राख्न मद्दत गर्छ ।

