रामायण: यस्ता तीन व्यक्तिसँग कुरा गरेर केहि फाईदा छैन !

यो भनिन्छ कि कुनै पनि कामको सफलताको लागि, के गर्नुपर्दछ भनेर थाहा पाउनु भन्दा बढि महत्त्वपूर्ण हुन्छ के गर्नु हुँदैन त। यसले तपाइँलाई अनावश्यक उर्जा खर्च गर्नबाट बचाउँछ । यसले तपाईंको जीवन र भविष्यमा सुविधा पुर्‍याउँछ। धर्मशास्त्रका अनुसार मानिस एक सामाजिक प्राणी हो र यो संसारमा एक अर्काको सहयोग बिना बाँच्नको कल्पना पनि गर्न सकिदैन। तर धेरै पल्ट धोका हुँदा, अपमान, लापरवाही जस्ता चीजको कारण संकट आउन सक्छ। पछि  पश्चात्ताप बाहेक अरू कुनै उपाय हुँदैन।

यस्तो अवस्थामा, धर्मशास्त्र अनुसार हामीले मानिसको व्यक्तित्व अनुसार व्यवहार गर्नु पर्छ। यद्यपि, संसारमा प्रत्येक व्यक्तिको आफैंमा खास प्रकृति हुन्छ र हरेक मानव एक अर्कादेखि अलग हुन्छन्। त्यसकारण सबैलाई पूर्ण रूपमा बुझ्न  सम्भव हुँदैन। तर प्रत्येक व्यक्ति सामान्यतया केहि विशेष प्रकृति अन्तर्गत पर्छन् र त्यस अनुसार तिनीहरूसँग कुरा गर्दा केही तथ्यहरूको ख्याल गर्नु आवश्यक छ। रामले पनि रामायणमा यसबारे उल्लेख गरेका छन्।

मूर्खसँग बुद्धिमताको कुरा 

रामायणका अनुसार सीतालाई रावणको बन्धनबाट छुटाउन जब राम आफ्नो बाँदर सेना लिएर लंकातिर लागे, मार्गमा समुन्द्र अवस्थित थियो। हनुमान जीले समुद्रलाई आफ्नो पीडा व्यक्त गर्दै उनीहरूलाई मार्ग दिन प्रार्थना गरे। राम आफ्नो सेना,लक्ष्मण र हनुमानका साथ  बाटोको पर्खाइमा थिए, तर तीन दिन पछि पनि समुद्रले उनीहरूलाई मार्ग दिएन।

यस्तोमा राम क्रोधित भए। उनले लक्ष्मणलाई भने कि मूर्ख मानिसहरुसँग केवल डरले जित्न सकिन्छ, उनीहरु सहयोगको कल्पना गर्न सक्दैनन्। त्यसकारण, हे लक्ष्मण! अग्नि बाण दिनुहोस्, म समुद्र सुकाइदिनेछु! यस खण्डलाई रामायणमा यसरी वर्णन गरिएको छ – “बोलेराम सकोप तब भइ बिनु होइ ना प्रीति।”

धूर्तसँग प्रेम र आफ्नोपनको कुरा 

पुराणमा  कुटिल वा मूर्ख मानिसहरूको साथ मायाले कुरा नगर्न सल्लाह दिइन्छ। त्यस्ता व्यक्तिहरूको स्वभावमा नराम्रोपन हुन्छ, त्यसैले उनीहरूसँग जति प्रेमका कुरा, आफ्नोपनको कुरा गरे पनि, उनीहरू आफ्नो फाइदा वा स्वार्थको लागि तपाईंलाई हानि गर्न पनि पछि हट्दैनन्।

कन्जुससँग धर्म र दानको कुरा 

यिनीहरुसँग जति नै राम्रो,धार्मिक कुरा गरेपनि यी मानिस आफ्नै धन कसरी बढाउने र जोगाउने भन्ने कुरा मात्र सोच्छन्| यिनीहरु चाहेर पनि आफ्नो स्वार्थ भन्दा अरु कुरा सोच्न सक्दैनन्| त्यसैले, कन्जुस मानिससँग कहिले पनि धार्मिक र दानको कुरा गर्नु व्यर्थ हुन्छ|

प्रकाशित : मङ्गलबार, असार ३०, २०७७०४:२५

मंगल ग्रहका प्रिय हुन्छन् यी चार राशि, हुन्छन् अत्यन्त भाग्यशाली !