काठमाडौँ : मुद्धा मिलाईदिने प्रलोभन देखाएर घुस लिने दुई प्रहरी पक्राउ परेका छन् ।
अभद्र व्यवहार सम्बन्धी मुद्धा कमजोर बनाईदिने भन्दै घुस लिँदै गरेका दुई प्रहरी रंगेहात पक्राउ परेका हुन् ।
मुद्धा मिलाउन सहयोग पुर्याउने भन्दै घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी नायब निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रहरीले मुद्धा मिलाइदिने प्रलोभन देखाएर घुस लिँदै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले काठमाडौं-८, मिथिला काबेली यातायात र अनलाइन डिलक्सको टिकट काउन्टर अगाडिबाट दुवैलाई पक्राउ गरेको बताइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ ।